वडाध्यक्ष धमला जवर्जस्ती करणीको आरोपमा गिरफ्तार – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

वडाध्यक्ष धमला जवर्जस्ती करणीको आरोपमा गिरफ्तार

 

ओखलढुंगा। एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्वर –१०का वडाध्यक्ष छविरमण धमला पक्राउ परेका छन्।

धमलाले २५ वर्षीया ति महिलालाई जागिर लगाइदिने प्रलोभन देखाई होटलको कोठामा बोलाएर जबरजस्ती करणी गरेको पीडित महिलाले उजुरी दिएपछि धमलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

आफूलाई जबरजस्ती करणी गरेको भन्दै ती महिलाले चार दिनअघि असोज ५ गते जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा जाहेरी दर्खास्त दिएकी थिइन्।

धमलाको नाममा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकोमा उनलाई सिद्धिचरण नगरपालिका क्षेत्रबाट मंगलबार पक्राउ गरिएको प्रहरीको भनाइ छ।

प्रहरीले पक्राउ गरी जिल्ला अदालतबाट निजलाई हिरासतमा राखी अनुसन्धान गर्नू भनी दिन ७ (सात) म्याद थप भएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० आश्विन ९, १८: ३३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० आश्विन ९, १८: ३३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० आश्विन ९, १८: ३३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...