
काठमाडौं। कार्यवाहक प्रधानमन्त्री तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले संघीयताको पूर्ण कार्यान्वयनका लागि शासकीय मानसिकतामा परिवर्तनमा जोड दिएका छन्।
राजधानीमा शुक्रबार कार्यविस्तृतीकरण परिमार्जन प्रारम्भिक सुझाव संकलन सम्वन्धमा आयोजित गोष्ठीलाई संबोधन गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले तीनवटै तहका सरकार र कर्मचारी संयन्त्रमा शासकीय मानसिकतामा परिवर्तन जरुरी रहेको बताएका हुन्।
उनले तीन वटै तहका सरकार मिलेर काम गरे मात्र संघीयता कार्यन्वयन हुने भन्दै संविधान जारी भइसकेपछि दुई पटक निर्वाचन भइसक्दा समेत संघीय कानुन बन्न नसक्दा संघीयता कार्यान्वयनमा समस्या देखिएको बताए।
उप्रधानमन्त्री खड्काले सरकारले संघीय कानुन निमार्णलाई उच्च प्राथमिकतामा राखेको जनाउँदै विद्यालय शिक्षासम्बन्धी विधेयक संसदमा पेश भइसकेको र चाँडै निजामति कर्मचारीसम्बन्धी विधेयक र संघीय प्रहरीसम्बन्धी विधेयक पनि संसदमा दर्ता गर्ने तयारी भइसकेको बताए।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री समेत रहनुभएका खड्काले अधिकारको खोजी गर्दा संघीयतामा ध्यान दिन सुझाव दिए। उनले अहिले सबैमा अधिकारको तानातान गर्ने प्रवृति देखिएको भन्दै प्राप्त अधिकारको अधिकतम प्रयोग गर्नका लागि स्थानिय सरकारका अधिकारीलाई आग्रह गरे।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...