पेट्रोलियम पदार्थमा अचाक्ली मुल्यबृद्धि ‘जनतामारा’ निर्णय – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

पेट्रोलियम पदार्थमा अचाक्ली मुल्यबृद्धि ‘जनतामारा’ निर्णय

काठमाडौं । संघीय संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहित अन्या साना चार दलको समर्थनमा प्रधानमन्त्री भएका माओबादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रालिय पदार्थमा गरेको मुल्यबृद्धिको आम नेपाली नागरिकले विरोध जनाएका छन्।

नेपालीहरुको महान चाड विजयादशमीको अघि यसरी गरिएको मुल्यबृद्धिले नेपाली नागरिकमाथि पीडा थपेको भन्दै आइतबार सामाजिक सञ्जालमा बिरोध, आक्रोस र सरकारबिरुद्ध सडक आन्दोलनका अभिव्यक्तिहरु छ्याप छ्याप्ती भएका छन् ।

सत्तारुढ घटक नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल प्रेस युनियनको सुदूरपश्चिम प्रदेश अध्यक्ष मनमोहन स्वाँरले सरकारको यस्तो निर्णयबिरुद्ध सडकमा उत्रेर, बोलेर, लेखेर, विरोध गर्न आव्हान गरेका छन्। उनले भनेका छन् – ‘जसरी सकिन्छ, सरकारको यो जनतामारा निर्णयको घोर विरोध गरौं।’

सरकारले चाडबाडको मुखका नेपाली जनतालाई सरकारको उपहार –खाना पकाउने ग्यासमा २१५ रुपैयाा बृद्धि, पेट्रोल, डिजेल, मट्टितेलको मुल्यमा ३ देखि ६ रुपैयाँसम्म बृद्धि गरेको छ।

सकारको यस्तो निर्णयबाट चामल, दाल, नुन तेल, लत्ता कपडादेखि बसभाडा, ढुवानी भाडामा अचाक्ली बृद्धि हुँदै जाने देखिन्छ । पछिल्लो एक वर्षका अवधिमा चामल, दाल, नुत, तेल, तरकारी लगायतका दैनिक अत्यावश्यक उपभोग्य वस्तुको मुल्यमा लागातार बृद्धि भइरहेको छ।

अचाक्ली महंगी नियन्त्रण गर्न तीन तहका सरकारहरुले आफ्नो दायित्व समेत ठानेका छैनन भने कुनै राजनीतिक दल र तिनका भ्रातृ संगठनहरु पनि महंगी नियन्त्रण बिरुद्ध सडकमा उत्रिन तयार देखिँदैनन्।

दैनिक ज्यालादारी मजदुर, साना व्यापारी, किसानसहित निम्नवर्गिय र निम्नमध्यम बर्गीय परिवारको आर्थिक अवस्था निरन्तर ओरालो लागिरहेको यस्तो अवस्थामा एक–दुई प्रतिशत व्यक्तिले राज्यको स्रोत साधनको ठूलो हिस्सामा कब्जा गर्दै आएकाले उनीहरुलाई भने मुल्य बृद्धिले छुने देखिदैन्।

‘सिमित व्यक्तिहरु निरन्तर झन धनी बन्ने र अधिकांस जनता झन गरिव हुने?’, संचारकर्मी स्वाँरले सामाजिक सञ्जला फेसवुकमा लेखेका छन्, ‘यो जनताप्रति उत्तरदायि र जनताको दुःख पीडाप्रति संवेदनशिल सरकार हुनै सक्दैन।’

तीन तहकै सरकारहरु समाजवाद उन्मुख अर्थतन्त्रको आवरणमा सामन्ती अनुदार पूँजीवादलाई मलजल गर्नेतर्फ उन्मुख भएको देखिन्छ ।

सरकारले चाडवाडकै सामुन्न पेट्रोलियम पदार्थको मुल्य बृद्धि गर्नुको खास कारण भने सेतो हात्तिकको रुपमा चिनिएको नेपाल आयल निगमका पुरानाm, परम्परागत प्रणाली र शैलीमा अभ्यस्त भएका कर्मचारकिा कारण हो । जुन कर्मचारीहरु निगमलाई तत्काल नाफामा गएको देखाएर चाडबाडमा बोनश आर्जन गर्न चाहन्छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० आश्विन १४, १५: ०७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८० आश्विन १४, १५: ०७

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० आश्विन १४, १५: ०७

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...