प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमण औपचारिकतामा सिमित – Naya Bikalpa
December 14, 2024, Saturday

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमण औपचारिकतामा सिमित


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई साता लामो संयुक्त राज्य अमेरिका र चीनको औपचारिक भ्रमण र अनौपचारिक घुमफिर गरी शनिवार स्वेदश फर्किएका छन् । उनको यो भ्रमणलाई सत्तारुढ दलका सफल भने कुनै नयाँ निर्णय वा सहमति बिना औपचारिकतामा सिमित भएको पाइएको छ ।

गत भदौ ३० गते शनिबार संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री त्यसतर्फ गएका थिए । प्रधानमन्त्री दाहालले असोज ४ गते महासभालाई सम्बोधन गरेका थिए । शान्ति, समृद्धि र दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे उनले दिएको मन्तव्य विगतका जस्तै औपचारिक मात्र थिए ।

प्रधानमन्त्री दाहाल चीनमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गरी केही ‘सैद्धान्तिक’ समझदारी र छोङछिङ, तिब्बत, छेन्दुको ‘रिफ्रेसमेन्ट’ घुमफिरपछि स्वदेश फर्केका हुन् ।

चीनका शीर्ष तीन नेतासँग वार्ता र चीन सरकारले दिएको १९ तोपको सलामीसहित ‘गार्ड अफ अनर’, सुन्दर छोङछिङ सहरमा भेटवार्ता, घुमफिर, ल्हासादेखि मानसरोवर अवलोकन, कैलाश पर्वतको दर्शन, छेन्दुमा पान्डा ब्रिडिङ केन्द्रका अवलोकनपछि फर्केका दाहाल भ्रमणबाट सन्तुष्ट देखिएका छन् । तर उनको यो भ्रमण उपलब्धीमुलक भने हुन सकेन ।

औपचारिकतामा सीमित भएको उनको भ्रमणमा केही गैरकुटनीतिक गतिविधि समेत देखियो । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङसँग भएको भेटवार्ता र संयुक्त एवम् औपचारिक बैठक तथा संयुक्त बक्तव्य जारी भएर बिदाई भएका दाहाल स्वदेश नफर्की ल्हासा, मानसरोवर र कैलास पर्वततिर घुमघाममा लागेका थिए ।

बीआरआई परियोजना कार्यान्वयन गर्ने प्रतिवद्धता वा विद्युत् व्यापारमा चिनियाँ लगानीको प्रस्ताव गर्नुलाई नै प्रधानमन्त्रीले ठानेको भए फरक कुरा हो । नत्र नयाँ सम्झौता चीनसँग केही पनि हुन सकेन ।

पोखरा विमानस्थललाई चीनले बीआरआईअन्तर्गत राखेको तर नेपालले त्यसलाई अस्वीकार गरे पनि दाहालले चिनियाँ समकक्षीसँग कुनै कुरा नै राख्न सकेनन् । त्यसैले उनको यो भ्रमणलाई कुटनीतिज्ञहरु व्यक्तिगत र औषत भ्रमण भएको भनी टिप्पणी गरेका छन् ।

सन् २०१९ अप्रिलमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय चीन भ्रमणमा पनि बीआरआई परियोजनाअन्तर्गत दुई देशबीच सीमापार बहुआयामिक पूर्वाधार सञ्जाल (ट्रान्स हिमालयन मल्टीकनेक्टिभिटी नेटवर्क) लाई अघि बढाउने सम्बन्धमा सहमति भएको थियो । त्यो सहमतिमा सम्झौता गर्ने कुनै पहल दाहालले गर्न सकेनन् ।

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा शुक्रबार सिचुआनस्थित छेन्दुमा पान्डा प्रजनन अनुसन्धान केन्द्र अवलोकन गर्नु र भैंसीको मासु चीन निर्यात गर्ने विषयमा भएका सैद्धान्तिक सहमतिलाई मात्र उपलब्धी मान्ने हो भने कुटनीतिक दृष्टिकोणले दाहालको भ्रमण औषत रहयो । देशको हितका लागि चीन सरकारबाट हुन सक्ने सहयोगका विषयमा उनले कुटनीतिक तयारी नगरेको देखिन्छ ।नयाँ विकल्प साप्ताहिकबाट

सम्बन्धित समाचार

अब हामी ५ भाषामा
अब हामी ५ भाषामा
  • २०८० आश्विन १५, १७: ०२

विभिन्न आरोह अवरोह पार गर्दै छापा पत्रकारिताको तीन दशक यात्रासँगै हामी पनि बामे सर्दै न्यू मिडियाको यात्रामा १ दशक पार...

हामी ३१औं वर्षमा
हामी ३१औं वर्षमा
  • २०८० आश्विन १५, १७: ०२

आजबाट हामी नयाँ विकल्प साप्ताहिक ३० वर्ष पार गरी ३१ वर्षमा प्रवेश गरेका छौं । ३० वर्ष सम्मको निरन्तर छापा...

सरकारको छायाँ र दलको स्वार्थसिद्ध गर्ने थलो होइन संसद्
सरकारको छायाँ र दलको स्वार्थसिद्ध गर्ने थलो होइन संसद्
  • २०८० आश्विन १५, १७: ०२

खुला प्रतिष्पर्धात्मक राजनीतिक स्वतन्त्रता भएको संसदीय प्रणाली अपनाउने हरेक राज्यमा संसद भनेको जनताको आवाज प्रतिविम्व गर्ने साझा थलो हो ।...