रिगललाई आममाफी दिनुको कारण पेश गर्न महान्यायाधिवक्ताको कार्यालयलाई आदेश – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

रिगललाई आममाफी दिनुको कारण पेश गर्न महान्यायाधिवक्ताको कार्यालयलाई आदेश

काठमाडौं। सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर भइ आजीवन कैद सजाय भोगिरहेका नेपालगञ्जका योगराज ढकाल ‘रिगल’लाई कैद मिनाहा अर्थात आममाफी दिनुको कारण पेश गर्न महान्यायाधिवक्ताको कार्यालयलाई आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको इजलासले रिगललाई कैद मिनाहा गर्नुको लिखित कारण यही असोज २४ गतेभित्र पेश गर्न आदेश दिएको हो।

सर्वोच्चले उनको कैद माफी गर्दा भएका सबै निर्णयको सक्कल प्रति झिकाउन भन्दै सो मुद्दाको सुनुवाइको दिन बहसमा महान्यायाधिवक्तालाई आफै उपस्थित हुन आदेश दिएको छ।

बाँकेका चेतन मानन्धरको २०७२ सालमा हत्या गरेको अभियोग प्रमाणीत भएपछि आजीवन जेल सजाए पाएका रिगललाई ३ असोजमा संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेका थिए।

चेतनकी मानन्धरकी पत्नी भारती शेर्पाले रिगलको कैद मिनाहाविरुद्ध सर्वोच्च अदालतमा रिट दिएकी थिइन्। सो रिटमा बिहीबार सुनुवाइ गर्दै सर्वोच्चले निवेदक भारती र उनको परिवारको सुरक्षाको प्रत्याभूति गराउन गृह मन्त्रालयलाई आदेश दिएको छ।

सर्वोच्चले प्रत्यार्थीमध्ये रिगल ढकाललाई आफै वा आफ्नो कानूनबमोजिमको प्रतिनिधिमार्फत र प्रत्यार्थी राष्ट्रपतिको कार्यालयको हकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत असोज २४ गते बुधबार साँझ ५ बजेभित्र लिखित जवाफ पेश गर्नु भनी आदेश जारी गरेको छ।

निवेदनमा समावेस भएको कानूनी प्रश्नको जटिलता र महत्वको बिचार गर्दा पूर्ण इजलासमा पेश गर्न उपयुक्त हुने भएकाले पेशी व्यवस्थापन गर्न पनि न्यायाधशी शर्माले निर्देशन समितिमा पेश गर्न आदेश दिएका छन्।

त्यसका लागि असोज २५ गते पेशी तोकी अग्राधिकार दिन र महान्यायाधिवक्ताको कार्यालयलाई जानकारी दिन आदेशमा भनिएको छ।

न्यायाधीश शर्माले रिट निवेदक वा प्रत्यार्थी कुनै पक्षको अनुरोधमा पनि सुनुवाई स्थगित नहुने जनाएका छन्। बरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपाने र अधिवक्ता तेजबहादुर कटवालले विहीबार रिट निवेदक भारती शेर्पाको तर्फबाट बहस गरेका थिए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० आश्विन १८, १८: ०६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० आश्विन १८, १८: ०६

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० आश्विन १८, १८: ०६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...