एमाले गण्डकी प्रदेश अध्यक्षमा गुरुङ पक्षधर शर्मा विजयीः महासचिव निकट अधिकारी पराजित – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

एमाले गण्डकी प्रदेश अध्यक्षमा गुरुङ पक्षधर शर्मा विजयीः महासचिव निकट अधिकारी पराजित

पोखरा। नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा पार्टी उपमहासचिव पृथ्वी सुब्बा गुरुङ निकटका नवराज शर्मा निर्वाचित भएका छन्।

शर्माले पार्टी महासचिव शंकर पोखरेल र पोलिटव्युरो सदस्य खगराज अधिकारी निकटका केन्द्रीय सदस्य समेत रहेका मायानाथ अधिकारीलाई पराजित गरेका हुन्।

उपमहासचिव गुरुङ निकटका शर्माले पाँच सय ३१ मतसहित विजयी भएका हुन्। अध्यक्षका प्रत्यासी लमजुङका मायानाथ अधिकारी ३६५ मत प्राप्त गरे।

यस्तै उपाध्यक्षमासमेत शर्मा प्यानलका मिनप्रसाद गुरुङ निर्वाचित भएका छन्। गुरुङले ५ सय ३४ मत प्राप्त गरे, भने उनका प्रतिस्पर्धी बाबुराम विश्वकर्माले ३ सय ६२ मत प्राप्त गरे।

सचिवमा लमजुङका धनञ्वय दवाडी, उपसचिवमा कास्कीका दामबहादुर विक, उपसचिव महिलातर्फ पर्वतकी मन्जु अधिकारी विजयी भएका छन्।

प्रदेश अध्यक्षमा पराजित केन्द्रीय सदस्य मायानाथ अधिकारीको पक्षमा पार्टीका केन्द्रीय महासचिव पोखरेल, पोलिटव्युरो सदस्य खगराज अधिकारी, किरण गुरुङ, पद्मा अर्यालयको समर्थन थियो। तर, पृथ्वी सुब्बा गुरुङकाो समुह गण्डकीमा बलियो भएको उनी निकटका शर्माको बिजयले स्पष्ट पारेको छ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० आश्विन १९, १८: ००

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० आश्विन १९, १८: ००

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० आश्विन १९, १८: ००

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...