सडकको ढुंगा पन्छाउँदा मनाङमा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सडकको ढुंगा पन्छाउँदा मनाङमा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु

चामे। हिमाली जिल्ला मनाङ आउने क्रममा सडकमा झरेको ढुंगा पन्छाउने क्रममा भिरबाट लडेर अमेरिकी नागरिक६९ वर्षीय चाल्र्स केथ डेभिजको मृत्यु भएको छ।

डेभिज बुधबार श्रीमती बेथ एन फोड्रियत, पथ प्रदर्शक, चालक र पोटरसहित बा६च ७५६ नम्बरको गाडीमा लमजुङबाट मनाङ सदरमुकाम चामे आउँदै थिए।

बेँसीसहर–चामे सडकखण्डअन्तर्गत मनाङको नासों गाउँपालिका–३ खोत्रोडाँडास्थित सडकमा झरेको ढुंगा पन्छाउने क्रममा बुधबार राति उनी सडकबाट करिब १०० मिटर तल मर्स्याङ्दी नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक फणिन्द्र रानाभाटले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय चामे र इलाका प्रहरी कार्यालय धारापानीबाट खटिएको प्रहरी टोलीले राति नै उद्धार गरी उपचारका लागि मनाङ जिल्ला अस्पताल चामे ल्याएको थियो।

उपचारकै क्रममा बिहीबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक रानाभाटले जानकारी दिए। डेभिजको शव परीक्षणका लागि हेलिकप्टरमा बिहीबार नै त्रिविवि शिक्षण अस्पताल काठमाडौँ लगिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० आश्विन १९, १८: २३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० आश्विन १९, १८: २३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० आश्विन १९, १८: २३

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...