
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बिआरआई)मा आधारित परियोजना अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले चीन र नेपालबीच जीत–जीतको सम्बन्ध विस्तार गरी दुबै मुलुकका हितको प्रवद्र्धन गर्न सकिने ठूलो सम्भावना रहेको भन्दै त्यस्तो सम्भावनालाई अवसरमा बदल्न आग्रह समेत गरेका छन्।
‘विगतमा म आफैं सरकारको नेतृत्वमा रहँदा र महामहिम राष्ट्रपति सी चीनफिङको २०१९ मा भएको ऐतिहासिक भ्रमण र त्यसपछि पनि भएका विभिन्न द्विपक्षीय भ्रमणका उपलब्धीलाई संश्लेषण गर्दै बिआरआईमा आधारित परियोजना अघि बढाउन नेपाल प्रतिबद्ध छ,’ उनले भने, ‘नेपाल चीनको द्रूततर विकास, गरिबी निवारण तथा चीनले अगाडि सारेको बिआरआईबाट पूरा लाभान्वित हुन चाहन्छ।’
नेपाललाई पूर्वाधार विकासमा ठूलो लगानीको खाँचो रहेको भन्दै उनले १० वर्षमा बिआरआईमार्फत मात्र एक हजार अमेरिकी डलरभन्दा बढी लगानी भइरहँदा नेपालले उल्लेख्य लगानी भित्र्याउन नसकेकोले छिट्टै कार्ययोजना बनाएर काम थाल्नुपर्ने बताए।
उनले चीन भ्रमणका बेला भएका १३ बुँदे समझदारी र सम्झौताले राजनीतिक र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...