इजरायलमा ज्यान गुमाउने विद्यार्थी १०, घाईत ४ र वेपत्ता १ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
मन्त्री भन्छन्–पहिचान हुँदैछ, राजदूत भन्छिन्– शव नेपाल पठाउने तयारी हुँदैछ

इजरायलमा ज्यान गुमाउने विद्यार्थी १०, घाईत ४ र वेपत्ता १

काठमाडौं । शनिबार प्यालेष्टाईनी इस्लामिक समूहको इजराईलको विभिन्न भागमा आक्रमण गर्दा त्यहाँ रहेका नेपालका १० जना विद्यार्थीको मृत्यु भएको छ।

नेपालबाट इजरायल सरकारको सहयोगमा ‘लर्न एण्ड अर्न’ कार्यक्रममा सहभागी हुन् इजरायल पुगेका सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थीको मृत्यु भएको तेलअभिवस्थित दूतावासले जनाएको छ ।
दूतावास स्रोतका अनुसार सो कार्यक्रम अन्तरग सुदूरपश्चिम विश्वविद्यालयका ४९ जना विद्यार्थी गत भदौ २६ गते मात्र इजरायल पुगेका थिए।

हमासको आक्रमणमा परेर मृत्यु हुनेहरु सबै सुदूरपश्चिम विश्वविद्यालयका हुन् । सो कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका ९७ जना र कृषि विश्वविद्यालयबाट ११९ जना सहभागी छन्।

आक्रमणमा परेकामध्ये १७ विद्यार्थीहरु इजरायलको किबजु अलिमिन भन्ने ठाउँमा थिए । ती मध्ये २ जना सकुसल, तीन जना उपचाररत रहेको र २ जना सम्पर्कविहिन भएको सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा. यज्ञराज पाठकले विज्ञप्तिमार्फत जनाएका छन्।

तेलअभिवस्थित नेपाली राजदूत कान्ता रिजालले भने १०जनाको मृत्यु भएको र एक जना हराई रहेको बताएकी छन् ।

मृत्यु हुनेहरुमा कैलालीको घोडाघोडी नगरपालिका –४का नारायणप्रसाद न्यौपाने र जोशिपुर बौनियाका आशिस चौधरी, बझाङको जयपृथ्वी नगरपालिका –६का गणेशकुमार नेपाली, डोटी जिल्लाको लामिखाल –८ का पदम थापा र पचनाली–३का राजन फुलारा, सल्यान जिल्लाको शारदा नगरपालिका –३ का प्रवेश भण्डारी, सुनसरीको मधुवन गाउँपालिका –१ का राजेशकुमार स्वर्णकार रहेका छन्।

मृत्यु हुने अन्यमा दार्चुला को मालिकार्जुन –४ का लोकेन्द्रसिंह धामी र लेकम –५ का दिपेशराज विष्ट र धनुषा जिल्लाको सपही –६ का आनन्द साह छन्।

दूतावासका अनुसार कञ्चनपुरको भिमदत्त नगरपालिकाका विपिन जोशी सम्पर्कविहिन भएका छन्। सल्यान नगरपालिकाका विधान सेजुवाल, दाङ जिल्लाको दङ्गीशरण गाउँपालिकाका प्रविण डाँगी, कैलाली टिकापुरका मनबहादुर चौधरी र गोरखा नगरपालिकाका हिमाञ्चल कट्टेलको उपचार भइरहेको छ।

राजदूता कान्ता रिजालले मृतकको पहिचान भइसकेकाले शव नेपाल पठाउने तयारी भइरहेको बताएकी छन् । तर परराष्ट्र मन्त्रीले भने मृतकको पहिचान हुँदै गरेको बताए।

मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भने मृतकको पहिचान सोमबारसम्म पत्ता लाग्ने बताएकी छन्। तेलअभिवस्थित नेपाली दूतावासले घाईतको उपचार भइरहेको भन्दै हराई रहेकासँग सम्पर्क स्थापित भइरहेको बताएकी छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० आश्विन २२, १५: ५४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० आश्विन २२, १५: ५४

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० आश्विन २२, १५: ५४

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...