चौदण्डीगढीका दुई स्वाथ्यकर्मीको बर्खास्तपछि विवादित मेयर र कार्यकारीले खाए कुटाई – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

चौदण्डीगढीका दुई स्वाथ्यकर्मीको बर्खास्तपछि विवादित मेयर र कार्यकारीले खाए कुटाई

गाइघाट। जिल्लाको बेल्टारस्थित चौदण्डीगढी नगरपालिकाको कार्यालयले स्वास्थ्य विभागका दुई ज्यालादारी महिला कर्मचारीलाई बिनाकारण असोज १५ गते बर्खास्त गरेपछि पीडित पक्षले नगरपालिका कार्यालय घेराउ गरेका छन्।

पीडितहरुले आफूलाई अवकास दिएको कारण खोज्दै चौदण्डीगढी नगरपालिकाका प्रमुख कालुमान लामा र प्रशासकिय प्रमुख शोभाकर पौडेलसँग भेट्न खोज्दा नगरप्रहरी लगाएर दुर्व्यवहार गरेपछि आइतबार स्थानीयले नगर कार्यालय घेराउ गरेका हुन् ।

चौदण्डीगढी नगरपालिकाको आधारभुत नगर अस्पताल बेल्टारमा विगत डेढ वर्षदेखि कार्यरत दुई कर्मचारी ल्याव असिस्टेन्ट हेमा बन्जरा र कम्प्युटर अपरेटर रचना राईले आफूहरु के कारणले बर्खास्त गरियो? आफूहरुको कमजोरी के थियो? भनी बुझ्ना जाँदा नगरप्रमुख र प्रमुख प्रशासकिय अधिकृतले दुर्वहार गरेपछि स्थिति तनावपूर्ण बनेको थियो।

कर्मचारी दर्खास्त आह्वान नगरी नियुक्त गरिएको र साउन महिनादेखिको तलब रोकिएको विषयमा बुझ्न जाँदा नगर प्रमुख कालुमान लामाले भेट्न नमानेपछि दुबै पक्षबीच झडप भएको थियो।

कम्प्युटर अपरेटर रचना राईका पति बुद्ध सुप्तिहाङ्ग राईका अनुसार आफुले सामाजिक कार्य गर्ने गरेको र यसै क्रममा गत वर्ष बेल्टार बजारस्थित द्वारखोलबाट गिट्टी उत्खन्न गर्न नदिएको प्रतिशोधमा आफ्नो पत्नीलाई अन्यायपुर्ण तरिकाले जागीरबाट हटाएको दावी गरेका छन्।

यता नगर प्रमुख लामाले भने आफू मिटिङ्ग बसिरहेको समयमा एक्कासी आएर कुरा गर्न खोजेको जानकारी पाएको तर उनीहरुले पहिल्यै समय पनि नलिएको तथा आफु ब्यस्त भएकोले समय दिन नसक्ने र भोली आउन सुचना पठाएको बताएका थिए।

उनले उनीहरु कुन विषयमा आफुसंग भेट गर्न खोजेको समेत आफु जानकार नरहेको बताएका छन्। सो विषयमा मेयर लामाले सोमबार पीडित पक्षबीच बार्तामा बस्ने बताएका थिए।

आइतबार नगरप्रहरी र पीडित पक्षबीच भएको झडपमा नगर प्रमुख लामाको कोठाको ढोकाको सिसा समेत फुटेको छ। त्यस्तै वडा नम्बर ४ का वडा अध्यक्ष लुंङ्गाराज राईको औंलामा सिसाले काटेको छ भने बुद्ध सुप्तिहाङ्ग राईको हातमा पनि चोट लागेको छ।

प्रहरीसंगको धरपकडमा पिडितपक्षका अन्य विभिन्न व्यक्तिको कसैको टाउकोमा चोट लागेको छ भने कसैको हातखुट्टामा चोट लागेको छ। प्रहरीले बुद्ध सुप्तिहाङ्गलाई तोडफोड गरेको आरोपमा पक्राउ गर्न खोज्दा सुरक्षाकर्मीसंग उनीहरुको झडप भएको थियो ।

स्थिति नियन्त्रणमा लिन नगर प्रहरी र स्थानीय जनपद र सशस्त्र प्रहरीले सम्हाल्ने स्थिति नदेखिएपछि बेलका नगरपालिका र सदरमुकाम गाईघाटबाट थप सुरक्षाकर्मी मगाइएको थियो।

दिउँसो देखिको तनावपुर्ण स्थितिलाई सामान्य बनाउँदै अबेर साँझ ईलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख ओम प्रकाश पुनले उपस्थित भिडलाई आ–आफ्नो घर पठाएका थिए।

यसअघि मेयरका स्वकिय सचिवले एक स्थानीयलाई रोजगारी दिने भन्दै घुस लिएको अडियो सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए भने आफ्ना स्वकीय सचिवलाई सेवाबाट हटाएर चोख्याएका थिए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० आश्विन २२, २१: ०७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० आश्विन २२, २१: ०७

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० आश्विन २२, २१: ०७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...