कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका थापाले फेरि दाबी गर्ने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका थापाले फेरि दाबी गर्ने

काठमाडौं। नेपाली कांग्रेसले कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा फेरि संविधानको धारा १६८ को उपधारा (५) बमोजिम सरकार बनाउन पहल गर्ने भएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास धुम्बराहीमा मंगलबार बसेको पार्टीको पदाधिकारी, पूर्वपदाधिकारीसहित नेताहरुको बैठकले कोशी प्रदेशमा पार्टीको प्रदेश सभा संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमै फेरि सरकार बनाउने र यसका लागि आवश्यक पहल गर्ने निर्णय गरेको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टीको सहयोग लिएर थापाको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

उनका अनुसार थापाको नेतृत्वमा सरकार बनाउने विषयमा पार्टीभित्र मतभेद छैन। थापा यसअघि दुई पटक प्रदेश प्रमुख पर्शुराम खापुङबाट मुख्यमन्त्री बनिसकेका छन् । तर उनले प्रदेश सभाबाट विश्वासको मत लिँदा बहुमत देखाए पनि प्रक्रिया नमिलेको भन्दै सर्वोच्च अदालतले दुई पटक नै अमान्य घोषणा गरेको थियो।

गत भदौ ४ गते संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्की नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम कोशी प्रदेश सभाबाट विश्वासको मत शुक्रबारको प्रदेश सभा बैठकमा लिने जनाएका थिए।

आफ्नो बहुमत नपुग्ने देखेपछि कार्कीले मुख्यमन्त्रीबाट राजिनामा दिएका थिए। कार्कीले राजिनामा दिएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार नै संविधानको धारा १६८ को उपधारा (५) बमोजिम प्रदेश सभाका बहुमत सदस्यको विश्वास जित्न सक्ने प्रदेश सभा सदस्यसँग मुख्यमन्त्रीको दाबी पेश गर्न २६ गते असोजसम्म समय दिएका थिए।

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभा सदस्यको हैसियतले पुनः मुख्यमन्त्रीको दाबी पेश गर्न लागेका हुन्।

थापाले विश्वासको मत पाउन नसके प्रदेश १ मा मध्यावधि निर्वाचनको बिकल्प छैन् ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० आश्विन २३, १८: २३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० आश्विन २३, १८: २३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० आश्विन २३, १८: २३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...