काठमाडौं । इजरायलमा रहेका नेपालीको उद्धार गर्ने कार्यमा ढिलाइ भएको छ । चार्टर फ्लाइटको रुट नपाइएपछि ढिलाई भएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।
हमासको आक्रमणपछि इजरायलमा रहेका नेपालीले जतिसक्दो चाँडो उद्धार गरिदिन अनुरोध गरेका छन् । नेपालले जहाज तयारी अवस्थामा राखेपनि हवाई रुट नपाइएका कारण जहाज पठाउन नसकिएको सरकारले जनाएको छ ।
इजरायलका विदेशमन्त्री एली कोहेनलाई मंगलबार टेलिफोन गरेर त्यहाँ रहेका नेपालीलाई फर्काउने र मृतकको शव ल्याउने प्रक्रियामा सहजीकरण गरिदिन परराष्ट्रमन्त्री एनपी साउदले आग्रह गरे । रुट खुल्नेबित्तिकै उद्धाररका लागि जहाज पठाइने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताइन् ।
अहिले संवेदनशील क्षेत्रबाट नेपालीहरू सुरक्षित स्थानमा सारिएको परराष्ट्र प्रवक्ता लम्सालले बताइन्। इजरायलस्थित नेपाली दूतावासले पनि हवाईसेवा नै अवरुद्ध भएकाले नेपालबाट विमान ल्याएर उद्धारर गर्ने सम्भावना तत्काल नरहेको बताएको छ ।
सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका विमान पठाएर आफ्ना नागरिकको उद्धार गर्ने तयारी गरेको छ।
काठमाडौं : हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको तथा पूर्वी भू–भागमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय प्रणालीको आंशिक प्रभाव...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह...