
हेटौंडा । वगमति प्रदेशमा नेवारी (नेपाल भाषा) तथा तामाङ भाषाले सरकारी कामकाजको भाषाको मान्यता पाएको छ।
वागमति प्रदेशको मंगलबार बसेको प्रदेशसभा बैठकले नेपालीसहित नेवारी (नेपाल भाषा) र तामाङ भाषालाई पनि सरकारी कामकाजको भाषा मान्यता पाउने गरी बिधेयक पारित गरेको छ।
वागमतिमा तामाङ र नेवार समुदायको अधिक बसोबास र भाषा प्रयोग गर्नेहरुको बाहुल्यता छ।
बागमती प्रदेश सरकारले यी दुई भाषालाई सरकारी कामकाज बनाउनका लागि ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ प्रस्तुत गरेको थियो ।
प्रदेश सभाले मंगलबार सो विधेयक पारित गरेसँगै बागमती प्रदेशको सरकारी कामकाजको लागि नेपालीसहित नेपाल भाषा र तामाङ भाषाले पनि मान्यता पाउने भएको हो।
सो विधेयकलाई बागमति प्रदेश सभाका सभामुखले प्रमाणित गरी प्रदेश प्रमुख समक्ष सिफारिस गरे बमोजिम प्रदेश प्रमुखले प्रामाणीकरण गरेसँगै लागू हुन्छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...