रास्वपा चितवनका पूर्वसभापति सापकोटाले छाडे पार्टी – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

रास्वपा चितवनका पूर्वसभापति सापकोटाले छाडे पार्टी

काठमाडौ‌ं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रभावशाली नेता धर्मेन्द्र सापकोटा पार्टी परित्याग गरी आम जनता पार्टीमा प्रवेश गरेका छन्।

चितवन जिल्लाका रास्वपाका पूर्वसभापति धर्मेन्द्र सापकोटा बुधबार आम जनता पार्टीमा प्रवेश गरेका हुन्।

आजपाका अध्यक्ष, पूर्वमन्त्री तथा सांसद प्रभु साहले उनलाई टिका र खादा लगाएर पार्टीमा स्वागत गरेको सो पार्टीका कार्यालय सचिव बालकृष्ण सापकोटाले बताए।

उनका अनुसार चितवन जिल्ला भरतपुर निवासी सापकोटा विगत १५ बर्षदेखि विभिन्न टेलीभिजनमा प्रमुख कार्यकारी भएर काम गर्दै आएका एक बौद्धिक व्यक्तित्वको रुपमा परिचित छन्।

पुराना पार्टीहरुले देश बर्बाद गर्न लागेकोले देश बचाउन आम जनता पार्टीको आवश्यकता महसूस गरेर यो पार्टीमा प्रवेश गरेको उनले प्रतिक्रिया दिएका छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० आश्विन २४, १६: ११

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० आश्विन २४, १६: ११

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० आश्विन २४, १६: ११

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...