भारतले अक्टोबर २१ मा मानिसलाई अन्तरिक्षमा पठाउने – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

भारतले अक्टोबर २१ मा मानिसलाई अन्तरिक्षमा पठाउने

 

नयाँ दिल्ली । मंगल ग्रहपछि चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेर कीर्तिमान बनाएको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आईएसआरओे)ले अब अन्तरिक्षमा मानव यान पठाउने भएको छ।

केन्द्रीय विज्ञान तथा प्रविधि र अन्तरिक्ष मन्त्री जितेन्द्र सिंहले मंगलबार भने ‘आइएसआरओले अक्टोबर २१ मा गगन यान मिशनको लागि पहिलो परीक्षण उडान सुरु गर्न लागेको छ।

चन्द्रयान–३ र आदित्य एल–१ मिसनमा संलग्न आईएसआरओका इन्जिनियरहरुको अभिनन्दन कार्यक्रममा सिंहले अन्तरिक्षमा गएपछि गगन यान पुनः समुन्द्रमा अवतरण गर्ने बताए। उनका अनुसार नौ सेनाले चालक दलका सदस्यहरूको सुरक्षित फिर्ता सुनिश्चित गर्न मोड्युल पुनः प्राप्ति गर्न अपरेशन सुरु गरिसकेको छ।

सिंहले भने ‘आइएसआरओले अर्को वर्षको अन्त्यमा अन्तरिक्षमा मानव मिशन सञ्चालन गर्नेछ। त्यसअघि यो परीक्षण परीक्षण हुन लागेको हो। अन्तरिक्ष यात्रीहरूलाई पठाइने चालक दलको मोड्युलको नाम ‘टेस्ट भेइकल डेभलपमेन्ट फ्लाइट (टिबी–डी–१)’ हो।

यसलाई आन्ध्र प्रदेशको श्रीहरि कोटामा रहेको सतीश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिनेछ।

चालक दलका सदस्यलाई यो मोड्युलमा राखेर ४०० किलोमिटर टाढा अन्तरिक्षमा पठाएर पृथ्वीमा फर्काएर बंगालको खाडीको समुन्द्रमा अवतरण गरी परीक्षण गरिने उनले बताए ।

जितेन्द्र सिंहले परीक्षणको सफलताले पहिलो मानवरहित ‘गगनयान’ मिसन र त्यसपछि पृथ्वीको कक्षबाट अन्तरिक्षमा मानव मिशनको लागि मार्ग प्रशस्त गर्ने बताए।

अर्को वर्षको अन्त्यमा मानवयुक्त मिसन अघि अर्को परीक्षण उडान हुने पनि उनले बताए । यो अर्को वर्ष हुनेछ, जसमा महिला रोबोट अन्तरिक्ष यात्री ‘व्योमित्र’ पठाइने छ। ‘व्योमा’ भनेको आकाश हो।

अगस्ट २३ मा चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण हुनु अघि पृथ्वीभन्दा बाहिरको दोस्रो खगोलीय पिण्ड मंगल ग्रहमा अन्तरिक्षयान पठाएर भारतले सफलताको झण्डा फहराइएको थियो।

हाल पनि सूर्यको बाहिरी तहको अध्ययन गर्ने आईएसआरओको अर्को महत्वाकांक्षी मिशन, आदित्य एल–१ आफ्नो यात्रामा छ।

पृथ्वीबाट १५ लाख किलोमिटर टाढा एल–१ बिन्दुमा राखेर सूर्यको अध्ययन गरिने छ । मिसन सफलतापूर्वक आफ्नो गन्तव्यतर्फ अघि बढिरहेको आईएसआरओले जनाएको छ।

सम्बन्धित समाचार

कुन महानगरपालिकाको बजेट कति ?
कुन महानगरपालिकाको बजेट कति ?
  • २०८० आश्विन २४, १६: २२

काठमाडौं : देशका ६ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्। ६ महानगरको कुल बजेट आगामी...

गैरकानुनी रूपमा बसेका २४ बंगलादेशी नागरिक पक्राउ
गैरकानुनी रूपमा बसेका २४ बंगलादेशी नागरिक पक्राउ
  • २०८० आश्विन २४, १६: २२

काठमाडौं : नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले...

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८० आश्विन २४, १६: २२

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...