चाडपर्वमा सुरक्षा दिन प्रहरी नै बसमा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

चाडपर्वमा सुरक्षा दिन प्रहरी नै बसमा

चितवन । नेपालीहरुको महान चाड विजया दशमी, दिपावली लगायतका चाडपर्वमा सुरक्षा अवस्थालाई मजबुद बनाउने उदेश्यले जिल्ला प्रहरी कार्यालय चितवनले टोल विकास संस्थाहरुसँग समन्वय गरेर सवारी साधनमा समेत प्रहरी रहने व्यवस्था गरेको छ।

चाडको अवसरमा अपराधिक गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले टोल विकास समितिसँग समन्वय गरेर नियमित गस्ती गर्ने भएको छ।

आवश्यकता अनुसार स्थानीय प्रतिनिधि पनि गस्तीमै हिँड्नेगरी जिल्लाका ११७ वटा टोल विकास संस्थाहरुसँग समन्वय भएको
प्रहरीले जनाएको छ।

भयरहित वातावरणमा चाडपर्व मनाउने उद्देश्यले यस्तो बेला ठगी, लुटपाट, चोरी, डकैती, गुण्डागर्दी, जुवातास खेलाउने कार्य हुन नदिन र अत्यावश्यक वस्तुहरुको निर्वाध आपूर्ति गर्न, गुणस्तरहीन दैनिक उपभोग्य सामग्रीको बिक्री वितरण, कृत्रिम अभाव तथा कालोबाजारी नियन्त्रण गरिने भएको छ।

बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल, बजार ईलाकामा अझ बढी सुरक्षाको प्रत्याभूति दिलाउनेगरी सुरक्षाकर्मी परिचालन गरिने भएको छ।

विशेष सुरक्षा योजनाअन्तर्गत क्विक रेस्पोन्स टिम, अस्पताल रेस्क्यु टिम, सरप्राइज चेकिङ, गाडी, मोटरसाइकल, पैदल गस्ती, पिकेट डिउटी, राजमार्ग गस्ती, धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षा तथा बैंक, सुनचाँदी पसल, आर्थिक कारोबार हुने स्थानको सुरक्षा टिम, बजार अनुगमन तथा सादा पोशाकको प्रहरी टिम परिचालन गरिने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

राजमार्गमा चल्ने सवारी साधनमा यात्रुको सुरक्षाका लागि ‘राजमार्ग रात्रिकालीन वेस’ तयार पारेको उनले बताए। ‘राजमार्गमा चल्ने सार्वजनिक सवारी साधनमा प्रहरीकै उपस्थिति रहन्छ।

पूर्व–पश्चिम राजमार्गको लोथरदेखि पुल्चोकसम्म चल्ने सवारी साधनमा यात्रुको सुरक्षालाई मध्यनजर गरेर युनिफर्म र हतियारसहितका प्रहरी रहनेछन्।

चाडपर्वलाई मध्यनजर गरी बढी भिडभाड हुने स्थान तथा बसपार्कहरुमा चौबिसै घण्टा प्रहरी रहनेगरी यात्रुहरुको गुनासो, पीरमर्का बुझ्न नागरिक सहायता कक्षको स्थापना गरिएको छ।

भरतपुर–१ पुल्चोक र पोखरा बसपार्क, भरतपुर–९ केन्द्रीय बसपार्क र इच्छाकामना गाउँपालिका–५ मुग्लिन बजारमा सहायता कक्ष स्थापना गरिएको हो।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० आश्विन २४, १७: ५४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० आश्विन २४, १७: ५४

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० आश्विन २४, १७: ५४

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...