आठ सय ४९ वटा काभ्रेका सहकारीको अवस्था ‘अज्ञात’ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

आठ सय ४९ वटा काभ्रेका सहकारीको अवस्था ‘अज्ञात’

बेनपा। काभ्रेपलाञ्चोक जिल्लमा आठ सय ४९ सहकारी संस्थाको अवस्था ‘अज्ञात’ रहेको देखिएको छ।

जिल्ला सहकारी कार्यालय काभ्रेपलाञ्चोकमा दर्ता भएका एक हजार ४९५ सहकारीमध्ये जिल्लामा १३ स्थानीय तहमा ६४६ वटामात्रै सञ्चालनमा रहेको जिल्ला सहकारी संघले जनाएको छ।

बनेपा नगरपालिकामा सञ्चालित सहकारीको अनुगमन प्रतिवेदन बुझाउँदै संघका अध्यक्ष दिलीप शर्मा जंगमले काभ्रेमा क्रियाशील सहकारीमा ६ लाख ७९ हजार ८१८ सेयर सदस्य रहेको तथ्याङ्क फेला परेको बताए।

नगरप्रमुख शान्तिरत्न शाक्यलाई हस्तान्तरण गरिएको प्रतिवेदनमा जिल्लाको जनसंख्या तीन लाख ६४ हजार ३९ भन्दा करिब तीन लाख १५ हजारले सेयर सदस्य बढी देखिएको छ ।

क्रियाशील सहकारीमा पाँच हजार ७८२ जना सञ्चालक छन् भने दुई हजार ६५५ कर्मचारी कार्यरत रहेका छन्।

यस्तै, सञ्चालनमा रहेका सहकारीमा पाँच अर्ब पाँच करोड रुपैयाँको सेयरपुँजी रहेको छ भने ३६ अर्ब रुपैयाँको बचत कारोबार रहेको अनुगमनले देखाएको संघले जनायो।

उक्त कारोबारबाट सरकारका विभिन्न निकायमा वार्षिक २४ करोड ९१ लाख रुपैयाँ राजस्व बुझाइएको अध्ययनले देखाएको छ। पछिल्ला केही वर्षदेखि सहकारीमा देखिएको विकृति, विसंगति सुधार गर्न तथा सहकारीमा पारदर्शिता कायम गर्न अनुगमन गरिएको जंगमले बताए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० आश्विन २४, १८: ०१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८० आश्विन २४, १८: ०१

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० आश्विन २४, १८: ०१

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...