प्रधानन्यायाधी श्रेष्ठद्वारा १६ जिल्ला न्यायाधीशको सरुवा, हेनुस् सूची – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

प्रधानन्यायाधी श्रेष्ठद्वारा १६ जिल्ला न्यायाधीशको सरुवा, हेनुस् सूची

 

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बुधबार १६ जना जिल्ला न्यायाधीशको काज सरुवा गरेका छन्।

न्यायपरिषद्को बैठक बस्न समस्या भएपछि प्रधानन्यायाधीश श्रेष्ठले जिल्ला न्यायाधीशको काज सरुवा गराएका हुन्।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार खाली भएका स्थान र दरबन्दी धेरै भएको तर इजलास तयार नभएका अदालतबाट अन्य अदालतमा न्यायाधीशहरुको काज सरुवा भएको हो।

केही न्यायाधीशको भने अवधि पुगेको कारण काज सरुवा भएको हो। न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठ अमेरिकामा रहेका कारण न्याय परिषद्को बैठक बस्न नसकेपछि प्रधानन्यायाधीश श्रेष्ठले जिल्ला न्यायाधीशहरुको काज सरुवा गरेका हुन्।

सरुवा भएका न्यायाधीशहरुमा न्याय परिषद् काजमा रहेका न्यायाधीश भुवनसिंह थापालाई रसुवा जिल्ला अदालतमा काज सरुवा गरिएको छ। यसअघि बिरामी भई उपचारका लागि न्याय परिषद् काजमा बसेका थापालाई आगामी कात्तिक २ गतेबाट अवकाशमा जान लागेका न्यायाधीश रामचन्द्र पौडेलको स्थानमा सरुवा गरिएको हो।

प्रधानन्यायाधीश श्रेष्ठले चितवनका जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईलाई महोत्तरी, रौतहटका नवराज दाहाललाई कास्की, रुपन्देहीका कृष्णकुमारी शिवाकोटीलाई भक्तपुर, बाँकेका देवकुमार गिरीलाई झापा जिल्ला अदालतमा सरुवा गरिएको छ।

नवलपरासीका रमेश शर्मा पौडेललाई सिन्धुली, भक्तपुरका तीर्थराज केसीलाई काठमाडौँ, धनुषाका भिष्मराज प्रसाईलाई बाँके, मुस्ताङका इश्वर पराजुलीलाई रुपन्देही र ललितपुरका हरिकृष्ण श्रेष्ठलाई धनुषा जिल्ला अदालतका काज सरुवा गरिएको हो ।

अन्य न्यायाधीशहरुमा विश्वनाथ भट्टराईलाई पर्साबाट काभ्रेपलाञ्चोकमा, रोमनाथ अधिकारीलाई मोरङबाट कपिलवस्तु, रिताकुमारी बख्रेललाई काभ्रेबाट ललितपुर, रोमाकान्त ज्ञवालीलाई स्याङ्जाबाट धनुषा, ओम बहादुर सोडारीलाई झापाबाट मुस्ताङ र विष्णुप्रसाद रेग्मीलाई रुपन्देहीबाट सर्लाह जिल्ला अदालतमा सरुवा गरिएको छ।

सर्वोच्च अदालतले उनीहरुमध्ये केहीको अवधि पुगेको, केही स्थानमा खाली रहेको कारण सरुवा गरेको र केही स्थानमा इजलास तयार नभएको कारण अर्को जिल्लामा पठाएको बताएको छ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० आश्विन २५, १७: ५६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० आश्विन २५, १७: ५६

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० आश्विन २५, १७: ५६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...