एमाले मधेश प्रदेशको अध्यक्षमा मण्डल सर्वसम्मत निर्वाचित – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

एमाले मधेश प्रदेशको अध्यक्षमा मण्डल सर्वसम्मत निर्वाचित

 

जनकपुरधाम । नेकपा (एमाले) मधेस प्रदेशको अध्यक्षमा सिरहाका चन्देश्वर मण्डल सर्वसम्मत चयन भएका छन्।

अध्यक्षमा सप्तरीका सुमन प्याकुरेलले पनि दाबी पेश गरेका थिए। अध्यक्ष मण्डलसहित सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मतले चयन भएका छन्। अध्यक्षमा निर्वाचित मण्डललाई पोलिट्ब्युरो सदस्य तथा सांसद लीलानाथ श्रेष्ठले अघि सारेका थिए।

उपाध्यक्षमा पर्साका विचारी यादव चयन भएका छन् । उनी संविधान सभा सदस्य हुन्। पहिला माधवकुमार नेपाल समूहमा रहेका यादवलाई रघुवीर महासेठले एमालेमा फर्काएका थिए।

सचिवमा बाराका मनोज पौडेल सर्वसम्मत चयन भएका छन्। उनी एमाले नेता तथा पूर्वमन्त्री पुरूषोत्तम पौडेलनिकट रहेको एक नेताले बताए।

उपसचिवमा रौतहटकी आरती भण्डारी र धनुषाका मोहम्मद कैस सर्वसम्मत भएका छन्। सबैलाई समेटेर लैजान पदाधिकारीमा सर्वसम्मत चयन गरेको एमाले मधेश संसदीय दलका नेता सरोज यादवले बताए ।

एमाले मधेस प्रदेश अधिवेशनले २ सय ३५ सदस्यीय पदाधिकारी र सदस्यहरु चयन गर्ने भएको छ। आज शुक्रबार बेलुकासम्म सदस्यहरूको टुंगो लाग्ने अध्यक्ष मण्डलले जानकारी दिएको छ। मधेस प्रदेश अधिवेशन बुधबारबाट जनकपुरमा सुरू भएको हो।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० आश्विन २६, १४: ३१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० आश्विन २६, १४: ३१

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० आश्विन २६, १४: ३१

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...