
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेको मिथ्या सूचनाले सत्यलाई विस्थापन गर्ने अस्वस्थ प्रतिस्पर्धा चलेको भन्दै यसले नोक्सान पुर्याउने तर्फ सचेत रहन आग्रह गरेका छन्।
राष्ट्रपति निवास शितल निवासमा शुक्रबार संचारकर्मीहरुसँगको भेटमा बोल्दै राष्ट्रपति पौडेलले मिथ्या सूचनाले कहीँ न कहीँ देश, जनता र हाम्रो व्यवस्थालाई नोक्सान पुर्याउन सक्ने भन्दै सचेत रहन आग्रह गरेका हुन्।
सत्य अन्वेषण र सत्य सम्प्रेषण अहिलको मिडियाको मुख्य चुनौति रहेको प्रष्ट पार्दै राष्ट्रपति पौडेलले राष्ट्रपतिमा निर्वाचित भएपछि लगत्तै संचारकर्मीहरुसँग भेट गर्ने आफ्नो इच्छा हुँदाहुँदै पनि विविध कारणले ढिलाई भए पनि आफू निरन्तर विभिन्न किसिमले सम्पर्कमा रहने कोशिस गरिरहेको बताए।
‘पत्रकारिता जगत लोकतन्त्रको आधार स्तम्भ हो। विगतमा नेपाली पत्रकारिता जगतले लोकतन्त्रको स्थापना र पुनस्र्थापनमा मात्र होइन मुलुक अफ्ठ्यारो अवस्थाबाट गुज्रँदा आफ्नो पेशागत मूल्यमान्यता अनुरुप देश र जनतालाई सूसूचित गर्ने काममा सदैव अग्रसरता देखाएको छ’, राष्ट्रपतिले संवोधानका क्रममा भने।
उनले पत्रकारिता जगतले सत्यतथ्य, सन्तुलित र विश्वसनीय समाचार सम्प्रेषण गरी लामो संघर्ष र वलिदानबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, शान्ति, विकास, सुशासन र रुपान्तरणका पक्षमा कलम चलाउने विश्वास व्यक्त गरे।

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...