
काठमाडौं। सत्तारुढ गठबन्धन र पार्टी केन्द्रको निर्णयविपरीत कोशी प्रदेशमा नेकपा एमालेको सहयोगमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य केदार कार्की मुख्यमन्त्री बनेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसहित कांग्रेस नेता डा.शेखर कोइरालाले लिखित प्रतिवद्धता व्यक्त गरेका छन्।
बालुवाटारमा शनिबार बिहान भएको बैठकमा नेता शेखर कोइराला, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाले लिखित सहमति गरेका हुन्।
तीन नेताबिचको छलफलमा लिखित सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सहमतिमा सबैजना सत्ता गठबन्ध्नप्रति दृढ र स्पष्ट रहेको तथा यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन नदिने उल्लेख छ।
कोशी प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपाधारा (५) बमोजिम मुख्यमन्त्रीको दाबी पेश गर्न आव्हान गरेपछि नेकपा एमालेका ३९ प्रदेश सभा सदस्यले कांग्रेसका प्रदेश सभा सदस्य कार्कीलाई शनिबार बिहानै मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका ३९ र काँग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गर्दा ९३ सदस्यीय कोशी प्रदेश सभामा कार्कीको पक्षमा बहुमत सदस्य ४७ जना देखाएपछि शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
मुख्यमन्त्रीका लागि गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि दाबी पेस गरेका थिए। यद्यपि अन्तिम समयमा उनले आफ्नो दाबी कमजोर रहेको र शीर्ष नेताबिच छलफल जारी रहेको हुँदा सनाखत तत्काल नगराउन प्रदेश प्रमुखलाई आग्रह गरेका थिए।
यसअघि असोज २० गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपुग्ने भएपछि राजीनामा दिएका थिए। प्रदेशसभामा रहेका ९३ सांसदमध्ये बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ । कार्कीले काँग्रेसका ८ सांसद लिएर एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
कार्कीलाई नेपाली कांग्रेसका ८ जना प्रदेश सभा सदस्यले पार्टीको निर्णयविपरित साथ दिएका थिए । यसरी साथ दिनेहरुमा कार्कीवाहेक .रामकुमार खत्री, शम्शेर राई, इन्दिरा थापा, लिलाकुमारी राई, गोविन्द गिरी, मानबहादुर लिम्बु र सुनिताकुमारी गुरुङ छन्।

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...