
विराटनगर। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले पदबाट शनिबार राजिनामा राजीनामा दिएका छन्।
कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका नेता डा.शेखर कोइराला पक्षबाट प्रदेश सभा सदस्य केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि संसदीय दलका नेता थापाले आज शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नो पदबाट राजीनामा दिएका हुन्।
पत्रकार सम्मेलनमा उनले नैतिकताका आधारमा दलको नेताबाट राजीनामा दिएको बताए।
कोशी प्रदेशको विकसित राजनीतिक घटनाक्रम र नयाँ सरकारका कारण राजीनामा दिएको थापाले बताएका छन्। उनले नेपाली कांग्रेस संसदीय दलको कोशी प्रदेश कार्यालय समक्ष राजिनामा दिएका हुन्।
राजिनामा पत्रमा थापाले आफूलाई पदमा रहँदा साथ दिने सदस्यहरुप्रति अभार प्रकट गर्दै पछिल्लो समय कोशी प्रदेश सरकार निर्माण प्रक्रियामा भएका विकसित घटनाक्रमले गर्दा नैतिक रुपमा आफूले संसदीय दलको नेताको रुपमा बसिरहन उपयुक्त नभएको महसुस गरी आजका मितिबाट लागूहुने गरी राजिनामा दिएको जनाएका छन्।
थापाले राजिनामा पत्रको वोदार्थ भने नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा, कोशी प्रदेश सभा सचिवालय र नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिलाई दिएका छन्।
नेपाली कांग्रेस कोशी प्रदेश सभा कार्यसमितिको सभापतिमा निर्वाचित थापा समानुपातिक प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन्।
आफ्नै दलका सदस्य कार्कीले विद्रोह गरी नेकप एमालेका ३९ सदस्यको समर्थनमा हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष सिफारिस गरेपछि कार्की मुख्यमन्त्री बनिसकेका छन्।
कार्कीको पक्षमा कांग्रेसका आठ सांसदले हस्ताक्षर गरेका छन् भने पार्टीको कोशी प्रदेश संसदीय दलको उपनेताबाट हिमाल कार्कीले हिँजै राजिनामा दिइसकेका छन्।
हेर्नुस् राजिनामा

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...