
काठमाडौं। कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका प्रदेश सभा सदस्य केदार कार्की नेपाली कांग्रेसका बरिष्ठ नेता ड. शेखर कोइरालालाई भेट्न आइतबार साँझ काठमाडौं आईपुगेका छन्।
प्रदेश प्रमुखबाट परशुराम खापुङबाट शनिबार विहान मुख्यमन्त्रीमा नियुक्त भएपछि कार्की साँझ काठमाडौंस्थित कोइराला निवास आईपुगेका हुन्।
मुख्यमन्त्री कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिँदैछन् । शपथ लिनुअघि उनी नेताहरू भेट्न काठमाडौं आएका हुन् ।
कार्कीलाई एमालेका ३९ सांसद र कांग्रेसका ८ सांसदको समर्थन रहेको छ ।
शनिबार विहान मात्रै आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच सत्तारुढ गठबन्धनप्रति प्रतिवद्ध रहने सहमति भएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...