
विराटनगर – कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा सहमतिको सरकार बन्ने बताएका छन्।
प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनियताको सपथ ग्रहणपछि आइतबार सञ्चारकर्मीहरुसँग बोल्दै मुख्यमन्त्री कार्कीले कोशीमा सहमतिको सरकार बन्ने दाबी गरेका हुन्।
‘कोशीमा मध्यावधिको सम्भावना टरेको छ। प्रदेश सभा विघटन नहुने भएको छ,’ उनले भने,‘अब सहमतिको सरकार बन्छ।’
मुख्यमन्त्री कार्कीले आइतबार नेपाली कांग्रेस र नेकपा एमालेबाट एक–एक जना मन्त्री नियुक्त गरेका छन्।
कार्कीले कांग्रेसका शमशेर राई र एमालेका रामबहादुर राना मगरलाई बिनाविभागीय मन्त्री नियुक्त गरेका हुन्।
कांग्रेसका ८ जना र एमालेका ३९ जनाको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...