
काठमाडौं। नेकपा एमालेका ३९ जना प्रदेश सभा सदस्यको साथ र समर्थनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका विद्रोही प्रदेश सभा सदस्य केदार कार्की नेतृत्वको प्रदेश सरकारको पक्षमा सत्तारुढ नेकपा एकीकृत समाजवादीले समेत विश्वासको मत दिने भएको छ।
प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधवार विश्वासको मत लिने तयारी गर्दा समाजवादीले विश्वासको मत दिने निर्णय गरेको हो।
नेकपा एमालेका ३९ र काँग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई गठबन्धन कायम राख्न आफूहरूले विश्वासको मत दिन लागेको नेकपा एस कोशी प्रदेश संसदीय दलकी सचेतक विद्या चाम्लिङले जानकारी दिइन्।
गठबन्धनको निर्णयविरुद्ध विद्रोह गरेका कार्कीलाई यसअघि नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने निर्णय गरिसकेको छ ।
सचेतक चाम्लिङका अनुसार यस विषयमा पार्टीले आधिकारिक निर्णय नगरे पनि माथिल्लो कमिटीबाट विश्वासको मत दिने सङ्केत आएको बताइन्।
नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री कार्कीको पक्षमा विश्वासको मत दिएर सरकारमा समेत सहभागी हुने संकेत दिएको हो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...