कांग्रेसका केन्द्रीय नेताहरु नै असन्तुष्टः सच्चिन सुझाव – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको चियापान कार्यक्रम

कांग्रेसका केन्द्रीय नेताहरु नै असन्तुष्टः सच्चिन सुझाव

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसको नेतृत्व तहमा रहेकाहरु नै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशले सोमबार वडा दशैँ, तिहार छठ तथा नेपाल संवतको अवसरमा राजधानीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम नेताहरुले यस्तो बताएका हुन्।

नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाको प्रमूख आतिथ्यतामा आयोजित कार्यक्रममा कांग्रेसका प्रचार विभाग प्रमूख मीन विश्वकर्मा, पूर्वमन्त्री तथा सांसद् हृदयराम थानी, प्रभावशाली युवा नेता प्रदीप पौडेल, नैनसिंह महर, कुन्दन काफ्ले प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल लगायतका नेताहरुले पार्टी नेतृत्व र नेताप्रति नै असन्तुष्टि व्यक्त गरे।

कार्यक्रमका प्रमूख अतिथि तथा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले अहिले एक आपसमा आरोप लगाउनेभन्दा आफैंले आफ्नो समीक्षा गर्ने समय भएको बताए। उनले भने ‘हामी एक अर्कालाई आरोप मात्रै लगाउँछौँ । अहिले त्यसो गर्नुभन्दा आफुँले के के गरेँ भनेर आफैँलाई समीक्षा गर्ने बेला आएको छ।’ उनले पार्टीकै नेता र सांसदहरुले असन्तुष्टि जनाएको प्रति असहमति प्रकट गरे।

नेतृत्वमा बस्नेले भँडास पोख्ने?: मीन

नेपाली कांग्रेसको सूचना, संचार तथा प्रचार विभाग प्रमुख मीन विश्‍वकर्माले देशभर निराशाको सञ्चार हुनुमा पार्टीका नेताहरुलाई दोष दिए। उनले कांग्रेसका नेता नै निराशाको संवाहक भएको बताए।

‘मुलुकमा निराशाको कुरा सुनाउने हावा चलेको छ। फिल्मको कथा सुनाए झैं एकले अर्कोलाई सुनाएर हिँडेको छ,’ उनले सभापति शेरबहादुर देउवाको विरोध गर्ने पार्टी पदाधिकारीप्रति लक्षित गर्दै भने यस विषयमा पार्टी नेतृत्व पनि सम्बोधन गर्नुपर्ने विषय पत्ता लगाउन नसकेर रन्थनिएको बताए।

‘नेतृत्व तहमै बस्नेले पनि भँडास पोखेर हिंड्न सुहाउँछ ?,’ पूर्वमन्त्री समेत भएका विश्वकर्माको प्रश्‍न थियो, ‘सबै निराश छन् भनेर कसरी चल्छ? आसनमा बस्नेले पनि भँडास पोख्‍ने ? यसरी असन्तुष्टि पोख्‍न थालिए मन्त्री पनि खुसी हुँदैनन्। मन्त्री बनाउने पनि खुसी छैनन् होला।’

सत्तामा बस्नेले सबैथोक पाएको र नबस्नेले केही नपाए जस्तोः प्रदिप

केन्द्रीय सदस्य तथा सांसद् प्रदीप पौडेलले सत्ता प्राप्त भएकाले सबैथोक पाएको सम्झने र अवसर नपाएकोले केही नपाएको र सबै विग्रिएको दुबै अतिवादी सोचबाट पार्टी नेतृत्व पर बस्नु पर्ने सुझाव दिए।

‘सबै असन्तुष्ट किन? पद्धति विकास हुन नसकेर हो। पहुँचका आधारमा काम भएकाले हो,’ पौडेलले भने।

‘हामीमा सत्ताका लागि जे सुकै पनि गर्ने भएकाले पद्धतिको विकास हुन नसकेको हो । अझैपनि पद्धतिका आधारमा नभइकन पहुँचका आधारमा काम हुन्छ,’ हामी कहिले सच्चिने हो पौडेल प्रति प्रश्न गरे।

सत्ता छाड्नै नचाहने अड्डीले सबैतिर निराशाः हृदयराम

 

कांग्रेस केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा सांसद हृदयराम थानीले कसैगरी सत्ता छाड्नुहुन्न भन्ने शीर्ष नेतृत्वको अड्डीका कारण असन्तुष्टि चुलिएको बताए।

‘कोही सन्तुष्ट छैन। कसैगरी सत्ता छाड्नुहुन्न भन्ने अडानले यस्तो भएको हो,’ थानीले भने ‘नेतैपिच्छे गुट चलेको देख्दा कांग्रेसलाई बुझ्नै नसकिने स्थिति आयो।’

‘मैले कांग्रेसलाई बुझ्न सकिनँ। २०३५ मा एसएलसी दिएबाट नेविसंघमा आएको। तैपनि केही बुझिन्’ कांग्रेसबारे थानीले भने।

कोशीमा हेर्दा हेर्दै उथलपुथल भयो, आकश्मिक बैठक बोलाउँः नैनसिंह

कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कोशीमा भएको घटनाक्रमबारे छलफल गर्न केन्द्रीय समितिको आकस्मिक बैठक बोलाउन माग गरेका छन्।

महरले कोशी प्रदेशमा हेर्दा हेर्दै भएको राजनीतिक उथलपुथल बारे बृहत्त छलफल गर्न केन्द्रीय समितिको आकश्मीक बैठक बोलाउनु पर्ने माग गरे।

‘कोशीमा शुरु भएको राजनीतिक घटनाक्रम सानो होइन । यसले अन्य प्रदेश र पार्टीमा पार्ने प्रभाव बारे गरिराइमा गएर बुझ्नु जरुरी छ,’ महरले भने।

 

केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले पार्टी भित्रको असन्तुष्टिलाई संवोधन गर्न सबै नेताले पक्ष र विपक्ष नभनी जनताको जल्दा बल्दा समस्या संवोधन गर्नमा केन्द्रित हुनुपर्ने धारणा राखे।

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले कांग्रेसको शुभेच्छुक संस्था भएकाले नेपाल प्रेस युनियनले प्रेस स्वतन्त्रता र श्रमजीवि पत्रकारमैत्री व्यवहार नदेखाउने कांग्रेसकै मन्त्रीविरुद्ध लाग्नु पर्ने चेतावनी दिए । उनले कांग्रेस सरकारमा भए पनि प्रेस युनियनले सरकारको व्यवहारबाट लोकतान्त्रिक व्यवहार नदेखाएको गुनासो गरे।

स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीले देशको समृद्धि र विकासका जलश्रोतको धनी देश नेपालमा जलविद्युतको क्षेत्रमा लगानी गर्नेहरुलाई उत्साह थप्ने गरी विद्युत सम्वन्धी कानून निर्माणमा सकारात्मक दबाब आवश्यक रहेको बताए ।

नेपाल प्रेस युनियनका पूर्ववरिष्ठ उपाध्यक्ष दामोदरप्रसाद दवाडीले सरकारमा सहभागी मन्त्रीहरुकै भूमिका र कांग्रेसका नेताहरुको भूमिका प्रेस मैत्री नभएको गुनासो गरे।

प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशका अध्यक्ष लिलाराज खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा युनियनका केन्द्रीय उपाध्यक्ष नकुल अर्याल, महासचिव दिलिप पौडेल, पूर्ववरिष्ठ उपाध्यक्ष दिपक आचार्य, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत लगायतले प्रेस स्वतन्त्रता र प्रेसमैत्री कानूनको खाँचो रहेको बताए ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० आश्विन ३०, १८: ३०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० आश्विन ३०, १८: ३०

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० आश्विन ३०, १८: ३०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...