
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद् प्रेम सुवालले नेपालमा भ्रष्टाचारले करोड नभई अर्ब नाघ्न थालेको गुनासो गरेका छन्।
सिद्धिगणेश सहकारी संस्था लिमिटेड चोर्चा भक्तपुरको २९औं वार्षिक साधारणसभाको मंगलबार भक्तपुरमा उदघाटन गर्दै सुवालले यस्तो अवस्था आउनुको खास कारण भ्रष्टाचारीहरूलाई कारबाही नगर्दा भएको बताए।
‘पछिल्लो पटक वाइडबडीमा पाँंच सात अर्वको भ्रष्टाचार भएको बाहिर आएकै हो’, उनले भने, ‘ललितानिवास, बालुवाटार जग्गा काण्ड, ओम्नी काण्डलगायतका सवै सवैमा भ्रष्टाचार भएको बाहिर आएकै हो।’
भ्रष्टाचारीलाई मृत्युदण्डको सजाए दिनुपर्ने पार्टी धारणालाई उनले दोहोर्याए। संविधानमै संशोधन गरेर भए पनि भ्रष्टाचारीलाई मृत्युदण्डसम्मको सजाए दिनुपर्ने पार्टीको धारणा रहेको उनले बताए।
फरक प्रसंगमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम सुनेरै डराउनेहरुलाई सिंहदरवारमा पठाएर केही नुहने बताए।
परराष्टमन्त्री एनपी साउदसँंग पत्रकारले नेपालको गुन्जीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाललाई जानकारी दिएर गएको हो ? भन्ने पत्रकारको प्रश्नको उतर दिन डराएर माइक पन्छाएको दृश्य सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको भन्दै उनले त्यस्तालाई सिंहदरबार पठाएर मन्त्री बनाएसम्म देश उभो लाग्न नसक्ने दाबी गरे।
उनले इजराइल र प्यालेष्टाइनबीचको युद्धमा मारिएका १० जना निदोर्ष नेपालीको निधनको जिम्मेबारी सरकारले लिनुपर्ने जिकिर पनि गरे।
८० वर्षदेखि युद्धग्रस्त क्षेत्रमा नेपालीलाई पठाउन नहुने ठाउँंमा पठाएकाले यसको दोषि नेपाल सरकार रहेको उनको जिकिर थियो।
काठमाडौँ : प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्मा प्रतिनिधित्वका लागि राजनीतिक...
काठमाडौं : नेपाली कांग्रेसका अग्रज नेता गोपालमान श्रेष्ठले सभापति गगनकुमार थापालाई राजीनामा नदिइ नयाँ जनादेशअनुसार पार्टी संगठनमा लाग्न आग्रह गरेका...
काठमाडौं : यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम...