कोशीका मुख्यमन्त्री केदार कार्कीले पाए दुई तिहाई बढी विश्वासको मत – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

कोशीका मुख्यमन्त्री केदार कार्कीले पाए दुई तिहाई बढी विश्वासको मत

बिराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाको दुई तिहाई बढी विश्वासको मत पाएका छन्।

प्रदेशसभामा मुख्यमन्त्री कार्कीले आफ्नो पक्षमा बहुमत सदस्यको विश्वास छ भनी पेश गरेको प्रस्तावको पक्षमा दुई तिहाई बढी प्रदेश सभा सदस्यले समर्थन गरेका हुन्।

कोशी प्रदेश सभामा बुधबार भएको मतदानमा कार्कीको पक्षमा ८६ मत परेको छ भने विपक्षमा ५ मत मात्र खसेको छ। राप्रपा बाहेक प्रदेशसभामा भएका सबै दलले कार्कीलाई विश्वासको मत दिएका थिए । ९३ सदस्यीय कोशीमा ९१ जनाले मतदानमा सहभागीता जनाएका थिए।

संविधानको धारा १६८ को उपधारा(५) अनुसार सरकार गठन गरी त्यसको नेतृत्व लिन नेपाली कांग्रेसका प्रदेशसभा सदस्य कार्कीले आफ्नो दलका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको समर्थन जुटाएर दाबी पेश गरेका थिए।

समर्थनकर्ताहरुले हस्ताक्षर सनाखत गरेपछि कार्की असोज २७ गते शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए। कांग्रेस नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धनमा दृढ रहने सहमति गरेपछि भने सत्ता गठबन्धनका दलहरुले पनि उनलाई समर्थन गर्ने निर्णय गरेका थिए।

कार्कीलाई एमालेका सबै ३९ जना, नेपाली कांग्रेसका २९ जना, माओबादी केन्द्रका १३ जना, नेकपा एकीकृत समाजबादीका ४ जना र जनता समाजबादीकी १ जनाले मत दिएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ मध्ये १ सांसद अनुपस्थित रहे भने ५ जनाले विपक्षमा मतदान गरेका थिए।

नेकपा एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित उपसभामुखले भने कतै पनि मत हालिनन्। एमालेको कोशी प्रदेशमा ४० प्रदेश सभा सदस्य छन् । कोशीमा सभामुख पद भने खाली छ । नेकपा माओबादी केन्द्रबाट निर्वाचित बाबुराम गौतमले सभामुख पदबाट राजिनामा दिएपछि सो पद रिक्त रहेको छ।

सम्बन्धित समाचार

गोपालमानले गगनलाई भने- ‘छाड्ने होइन, फेरि कांग्रेस रूपान्तरणको अभियानमा अघि बढौं’
गोपालमानले गगनलाई भने- ‘छाड्ने होइन, फेरि कांग्रेस रूपान्तरणको अभियानमा अघि बढौं’
  • २०८० कार्तिक १, १६: ४८

काठमाडौं : नेपाली कांग्रेसका अग्रज नेता गोपालमान श्रेष्ठले सभापति गगनकुमार थापालाई राजीनामा नदिइ नयाँ जनादेशअनुसार पार्टी संगठनमा लाग्न आग्रह गरेका...

प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै
प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै
  • २०८० कार्तिक १, १६: ४८

काठमाडौं : यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम...

रवि लामिछानेको अभियोग संशोधनसम्बन्धी रिट पूर्ण इजलासमा, आइतबार सुनुवाइ हुने
रवि लामिछानेको अभियोग संशोधनसम्बन्धी रिट पूर्ण इजलासमा, आइतबार सुनुवाइ हुने
  • २०८० कार्तिक १, १६: ४८

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर सहकारी ठगीसँगै जोडिएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा...