महिलालाई प्राथमिकता दिँदै काठमाडौं –९ नम्वर क्षेत्रले पठायो महासमिति सदस्य – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

महिलालाई प्राथमिकता दिँदै काठमाडौं –९ नम्वर क्षेत्रले पठायो महासमिति सदस्य

काठमाडौं। नेपाली कांग्रेस काठमाडौं जिल्ला ९ नम्वर क्षेत्रिय कार्यसमितिले पार्टीको विधान बमोजिम ११ जनालाई महासमिति सदस्यमा सर्बसम्मत चयन गरेको छ।

काठमाडौं ९ नम्वर क्षेत्रबाट निर्वाचित भएका महाधिवेशन प्रतिनिधिहरुले निर्वाचन क्षेत्रिय समितिबाट महासमिति सदस्यहरु सर्बसम्मतले चयनको लागि सभापति जयकृष्ण महर्जनलाई जिम्मेवारी दिएको थियो।

नेपाली कांग्रेसको १४औं महाधिवेसनबाट पार्टीको काठमाडौं ९ नम्वर क्षेत्रिय समिति सभापतिमा दोश्रो पटक निर्वाचित भएका महर्जनले महासमिति सदस्यहरु चयन गर्दा आफूलाई समेत नराखी महिला नेतृहरुलाई बढी प्राथमिकता दिएका छन् ।

११ सदस्य महासमितिहरुमा ७ जना त महिला मात्र छन् । सर्वसम्मतले महासमिति सदस्य चयन भएकाहरुमा ५ जना खुल्लातर्फ, २ जना खसआर्यतर्फ, २ जना आदिवासी जनजातितर्फ र २ जना खुल्ला महिलातर्फ रहेका छन्।

महासमिति सदस्य चयन हुनेहरुमा खुल्लाबाट पुरुषतर्फ काठमाडौं महानगरपालिका वडा नम्वर १४का वडाध्यक्ष समेत रहेका सुमन श्रेष्ठ छन् भने खुल्लातर्फ महिलामा रिता दवाडी रहेकी छन्।

महासमिति सदस्य खुल्लातर्फ सुरेस परियार, कल्याणी खड्का, रस्मिला मल्ल, खसआर्य तर्फ धर्मराज गौतम, सुधा रिजाल, जनजातितर्फ शैलेश कर्मचार्य र डा.अमिता प्रधान, खुल्ला महिलातर्फ गोमा गुरुङ र दिलमाया अधिकारी रहेका छन् ।

काठमाडौं ९ नम्वर क्षेत्रिय कार्यसमितिले विहीबार महासमिति सदस्य घोषणा सभा तथा विजया दशमी, दिपावली, नेपाल सम्वत् र छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा क्षेत्रिय सभापति जयकृष्ण महर्जनले संगठन मजबुद बनाउन महिलालाई प्राथमिकता दिएको बताए।

पार्टीमा महिला, आदिवासी–जनजाति, दलित समुदायलाई ९ नम्वर क्षेत्रले विशेष प्राथमिकता दिएको हुँदा सात जना महिला नेतृहरुलाई महासमिति सदस्य चयन गर्न सफल भएको क्षेत्रिय सभापति महर्जनले बताए।

सो अवसरमा क्षेत्रिय सभापति महर्जनले भने, ‘यस क्षेत्रमा धेरै अग्रज, योग्य र सक्षम नेताहरु भए पनि विधान बमोजिम ११ जनालाई मात्र महासमिति सदस्यमा चयन गर्न सकिने भएकाले आफू नगएर पनि अरुलाई प्राथमिकता दिएको छु। बताए।’

सो घोषणा सभामा नेपाली कांग्रेसका दामोदर गौतम, कांग्रेस काठमाडौं जिल्लाका पूर्वकार्यवाहक सभापति प्रा.गौरी प्रसाद दवाडी, नेता श्यामकृष्ण खड्का, कांग्रेसका महासमिति सदस्य किरण गिरी ९ नम्वर क्षेत्रिय कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु, कांग्रेसको प्रचार विभागका पूर्वसदस्य सचिव दामोदरप्रसाद दवाडी लगायतको उपस्थिति थियो।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० कार्तिक २, १६: ३७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० कार्तिक २, १६: ३७

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० कार्तिक २, १६: ३७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...