
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी २०८२ मा हुने आमनिर्वाचनमा नेपाली कांग्रेसले अन्य दलसँग गठबन्धन गरे पार्टी एक नरहने चेतावनी दिएका छन्।
नेपाल प्रेस युनियन काठमाडौंले आज राजधानीमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख अतिथि महामन्त्री थापाले २०८४ को चुनावमा जाँदा कांग्रेस कुनै
पनि हालतमा कुनै पनि दलसँग गठबन्धन गर्ने कुरा कसैलाई पनि कल्पना नगर्न आग्रह गरे।
उनले भने ‘आगामी २०८४ को निर्वाचनमा गठबन्धन गरेर जान्छु भनेर भन्यो भने त्यो बेलामा नेपाली कांग्रेस पार्टी एक रहने कुरामा कल्पनै नगरे हुन्छ ।’
चुनावमा गठबन्धन गर्नु पूर्णरुपमा अलोकतान्त्रिक नभए पनि नेपालको सन्दर्भमा निर्वाचन अगाडि गरिने गठबन्धनले प्रकारान्तरमा लोकतान्त्रिक संस्कृतिकलाई विकृत बनाउने थापाको भनाइ छ।
अर्को चुनाव आउन चार वर्ष बाँकी रहँदा पनि चुनाव हारिन्छ कि भनेर पार्टीमा रुवाबासी भइरहेको उनले बताए। तल वडादेखि माथिसम्म सरकारै सरकारमा बसेको कांग्रेसमा निराशा रहेको बताउँदै उनले भने, ‘जसलाई भेटे पनि बर्बाद छ, बर्बाद छ । के बर्बाद छ भन्दा ०८४ मा त हारिन्छ भन्ने। यस्तो किन भइरहेको छ ? सरकारमा जाने र बस्ने कुरा किन यति महत्वपूर्ण भइरहेको छ?’ उनले यसका बारेमा पार्टीमा सघन छलफल गर्नुपर्ने बताए ।
जनयुद्ध दिवस कांग्रेसले मान्दैन
सोही कार्यक्रममा बोल्दै महामन्त्री थापाले पपुलिज्म रोगका रुपमा हाल विश्वभरी फैलिएको भन्दै यस्तो रोगविरुद्ध प्रेस जगतले पनि गम्भीर छलफल गर्नु पर्ने बताए।
उनले जनयुद्ध दिवस कांग्रेसलाई मान्य नहुने स्पक्ष्ट पार्दै भने, ‘फागुन १ गते जनयुद्ध दिवसका रुपमा कांग्रेस मान्दैन। त्यो माओवादी पार्टीको कुरा हो । हामी मान्दैनौँ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रा काम आफूले र नराम्रो काम कांग्रेस गरेको आरोप लगाएको उनको भनाइ छ। ‘मन्त्रीहरुले कांग्रेसका कारण काम गर्न सकिन भनेर समाचार लेखाएका छन्। त्यसैले मैले निश्चित समय तोकेर सरकार कसले चलाउने टुंगो लगाउनुपर्छ भनेको हुँ’, थापाले भने।
‘कांग्रेसकै नेतृत्वमा बागमतिको सरकारको माग छ’
महामन्त्री थापाले बागमती प्रदेशमा कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने माग र दबाब आएको बताएका छन्। कांग्रेसका चार जना प्रदेश सभा सदस्यहरु आफूकहाँ आएर माओवादी केन्द्रको नेतृत्वमा रहन नसक्ने बताएको थापाले बताए।
उनले भने, ‘बागमती प्रदेशमा हामी सबभन्दा ठूलो पार्टी भएकाले हामीहरु माओवादीले नेतृत्व गरेको सरकारलाई मान्दैनौं, सरकार बदलौं भन्दै साथिहरु आउनुहुन्छ।’ त्यस्तो माग गर्ने साथिहरुलाई आफूले पार्टी सभापति र बरिष्ठ नेताहरुलाई सोध्न भनेको उनले बताए।
बागमती प्रदेशमा हाल २१ सिट रहेको माओवादी केन्द्र नेतृत्वको गठबन्धन सरकार छ। गठबन्धन सरकारमा ३७ सिट रहेको नेपाली कांग्रेस र ७ सिट रहेको एकीकृत समाजवादी छन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...