
गाजा। गत असोज २० गते प्यालेस्टाइनको गाजा क्षेत्रबाट हमास अतिवादीको आक्रमणबाट एक हजार चार सय बढी इजरायली नागरिकको मृत्यु भएपछि इजरायली सेनाको प्रत्याक्रमणमा परी हालसम्म सात हजार बढी प्यालेष्टाइनीहरुको निधन भएको छ।
हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले बुधबार मात्रै इजरायली सेनाको हमलामा पाँच सय जनाको ज्यान गएको जनाएको थियो। जसअनुसार इजरायलले हवाई हमला शुरु गरेदेखि हालसम्मको मारिने प्यालेस्टाइनीको सङ्ख्या सात हजार नाघेको हो।
इजरायली आक्रमणमा ज्यान गुमाउनेको कुल संख्या ७,०२८ रहेको जनाइएको छ। अल जजिरा टेलिभिजनका अनुसार प्यालेस्टिनी अधिकारीहरूलाई उद्धृत गर्दै गाजामा ज्यान गुमाएकामध्ये करिब ३ हजार बालबालिका पनि रहेको बताएको छ।
एकै समयमा इजरायलमा हमासको आक्रमणमा एक हजार ४ सयभन्दा बढी मानिसहरूले ज्यान गुमाएका थिए, जबकि गाजामा २ सय २० भन्दा बढी मानिसहरू अझै पनि बन्धक रहेका छन्।
अल जजिराका अनुसार हमासको सैन्य शाखा कासिम ब्रिगेडले आफ्नो टेलिग्राम च्यानलमा एक विज्ञप्तिमार्फत इजरायली हमलाका कारण करिब ५० इजरायली बन्धक मारिएको अनुमान गरिएको छ।
उसका अनुसार इजरायलले हमला गर्दा हमासका बन्धक भएका ५० इजरायली मारिएको उसको जिकिर छ। इजरायली सेनाले दाबी गर्दै आएको छ कि हमासले गाजा पट्टीमा कम्तिमा २२४ मानिसहरूलाई बन्धक बनाएको छ।
यसैबीच रुसको सरकारी समाचार एजेन्सी आरआईएका अनुसार हमासको प्रतिनिधिमण्डल मस्को भ्रमणमा रहेका छन्।
एजेन्सीले प्यालेस्टिनी प्रतिनिधिमण्डलको एक स्रोतलाई उद्धृत गर्दै मस्को भ्रमण गर्नेहरूमा हमासका वरिष्ठ सदस्य अबु मारजुक पनि थिए। रसियाको हाल इजरायल, इरान, प्यालेस्टिनी प्राधिकरण र हमासलगायत मध्यपूर्वका सबैसँग राम्रो सम्बन्ध रहेको छ।
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनका कमजोरीहरूको निष्पक्ष समीक्षा गर्दै इतिहासबाट...
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र मोरक्को अधिराज्यका नेपालका गैरआवासीय राजदूत मोहम्मद मलिकीबीच द्विपक्षीय सम्बन्ध तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तारका...
काठमाडौं : नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र पर्सामा हालै भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन...