विधायन समितिले पास गर्यो मर्यादाक्रमसम्वन्धी संशोधित विधेयक – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

विधायन समितिले पास गर्यो मर्यादाक्रमसम्वन्धी संशोधित विधेयक

 

काठमाडौं। राष्ट्रियसभाको विधायन समितिले राष्ट्रिय मर्यादाक्रमसम्बन्धी विधेयक संशोधनसहित सोमबार पारित गरेको छ।

प्रधानन्यायाधीशलाई मर्यादा क्रमको पाँचौँ नम्बरमा राखिएको विधेयक समितिबाट संशोधन गरी चार नम्बरमा राखेर पारित भएको छ।

समितिले संशोधनसहित तयार पारेका प्रतिवेदन राष्ट्रियसभाको मंगलबारको बैठकमा पेस गर्ने निर्णय गरेको छ।

यसअघि, सभामुखलाई चौथो नम्बरमा राखेर प्रधानन्यायाधीशलाई पाँचौँ वरीयतामा राख्न विधेयकमा प्रस्ताव गरिएको थियो।

उक्त विधेयक राष्ट्रियसभाका सदस्यहरुले ०७९ चैत ५ मा गैरसरकारी विधेयकका रुपमा ल्याएका हुन् ।

विधेयक राष्ट्रियसभाका सदस्यहरु गोपी आछामी, तुल विक, देवेन्द्र दाहाल, प्रकाश पन्थ प्रमिला कुमारी, वेदुराम भुसाल, रमेशजंग रायमाझी र शेखर सिंहले संयुक्त रुपमा लगेका हुन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० कार्तिक १३, १६: १४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० कार्तिक १३, १६: १४

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० कार्तिक १३, १६: १४

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...