‘म हिमालयमा छु, जहाँ हिमाल पग्लिरहेछ’ – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper
सोलुखुम्बु पुगेर राष्ट्रसंघका महासचिव गुटेर्रेसले भने –

‘म हिमालयमा छु, जहाँ हिमाल पग्लिरहेछ’

काठमाडौं। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले जलवायु परिवर्तनको असरका रूपमा पर्यावरण र मानव समुदायमा नाटकीय परिवर्तन देखिन थालेको बताएका छन्।

विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको अवलोकनका लागि सोमबार बिहान सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ पुगेका राष्ट्रसंघका महासचिव गुटेर्रेसले यस्तो बताएका हुन्।

उक्त क्षेत्रको अवलोकनका क्रममा सामाजिक सञ्जाल एप्समार्फत भिडियो सन्देश दिँदै महासचिव गुटेरेसले जलवायु परिवर्तन रोकथामका लागि विश्व समुदायलाई आग्रह गरेका छन्।

“म अहिले यहाँ हिमालयमा छु। जहाँ हिमाल पग्लिरहेका छन् र हिमनदीहरू रेकर्ड लेभलमा छन्। अन्टार्टिका र ग्रीनल्याण्डमा जस्तै यहाँ पनि जलवायु परिवर्तनको गम्भीर असर देखिइरहेका छन्”, गुटेर्रेसले भने, “हामीले बाढी पहिरो देख्नुपरेको छ। यहाँको समुदाय नाटकीयरूपमा प्रभावित भइरहेका छन्। हामीले यसलाई रोक्न जरुरी छ।”

जलवायु परिवर्तनका असरले हिमालय क्षेत्रको पर्यावरण र जनजीवनमा देखिन थालेका असर तथा त्यसको रोकथामका लागि आफूले विश्वसमुदायको ध्यानाकर्षण गराउन चाहेको उनले उल्लेख गरेका छन्।

“हामीले बढ्दो तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्रीमा सीमित गर्नसक्नुपर्छ। यसबाट हामी पछि हट्न सक्दैनौँ”, उनले भिडियो सन्देशमार्फत् भनेका छन्।

सम्बन्धित समाचार

रवि लामिछानेको अभियोग संशोधनसम्बन्धी रिट पूर्ण इजलासमा, आइतबार सुनुवाइ हुने
रवि लामिछानेको अभियोग संशोधनसम्बन्धी रिट पूर्ण इजलासमा, आइतबार सुनुवाइ हुने
  • २०८० कार्तिक १३, १६: ३९

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर सहकारी ठगीसँगै जोडिएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा...

सकियो समानुपातिकतर्फको मतगणना
सकियो समानुपातिकतर्फको मतगणना
  • २०८० कार्तिक १३, १६: ३९

काठमाडौं : यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ । पछिल्लो समय गोरखा...

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
  • २०८० कार्तिक १३, १६: ३९

काठमाडौंः मंगलबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य रु दुई हजारले बढेको छ भने चाँदीको मूल्य स्थिर छ । नेपाल...