
महेन्द्रनगर। कञ्चनपुर जिल्लामा नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षक(सई) जुवाखालबाट पक्राउ परेका छन्।
उनी आइतबार साँझ कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालस्थित खोला किनारमा जुवातास खेलिरहेको अवस्थामा लागुऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगरमा कार्यरत सई पदम थापासहित आठ जना पक्राउ परेका हुन्।
थापासहित पारस भट्ट, सञ्जय विष्ट, भक्तबहादुर धामी, जयबहादुर बोहरा, किसी ठाकुर डम्बर कुँवर र नरेन्द्र पाण्डे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई १ लाख १४ हजार १ सय १० रुपैँया नगद, १ गड्डी तास, मोटरसाईकल ६ थान र स्कुटी १ थानसहित उनीहरुलाई पक्राउ गरेको बताएको छ।
स्रोतका अनुसार पक्राउ परेका थापालाई निलम्बन गर्नेसम्म तयारी भएको छ। यसअघि बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा राम्रो काम गरेपछि थापाको बढुवा भएको थियो।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर सहकारी ठगीसँगै जोडिएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा...
काठमाडौं : यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ । पछिल्लो समय गोरखा...
काठमाडौंः मंगलबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य रु दुई हजारले बढेको छ भने चाँदीको मूल्य स्थिर छ । नेपाल...