काठमाडौं । एनआरएनएको बालुवाटारस्थित कार्यालयमा मंगलबार तनाव सिर्जना भएको छ ।
आरके शर्मा नेतृत्वको असन्तुष्ट पक्षले आफूहरुलाई दुर्व्यवहार र कुटपिट भएको भन्दै उजुरी दिएपछि प्रहरीले अनुसन्धान थालेकाे छ ।
प्रहरी वृत्त, दरबारमार्गमा उजुरी परेपछि शर्मा नेतृत्वको टोली मंगलबार एनआरएनएको कार्यालयमा पुग्याे ।
जहाँ एमाले नेता महेश बस्नेत र युवा संघको टोली कार्यालयमा अध्यक्ष बद्री केसीसंग शुभकामनान साटिरहेकाे थियो ।
त्यसक्रममा आरके शर्मासहित पत्रकार ओम शर्मामाथि कुटपिट भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए ।
एनआरएनएको अध्यक्षमा कात्तिक ३ गते बद्री केसी निर्वाचित भएका थिए । साे विद्युतीय मतदानमा धाँधली भएको भन्दै प्रत्यासी आरके शर्मासहितकाे समानान्तर कमिटी गठन गरेकाे थियाे ।
प्रहरीमा उजुरी आएपछि एनआरएनएकाे कार्यालयकाे प्रहरीले सिसी क्यामरा हेर्ने तयारी गरेको छ ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...