एनआरएनएको कार्यालयमा तनाव, प्रहरी पुगेर थाल्यो अनुसन्धान – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

एनआरएनएको कार्यालयमा तनाव, प्रहरी पुगेर थाल्यो अनुसन्धान

काठमाडौं । एनआरएनएको बालुवाटारस्थित कार्यालयमा मंगलबार तनाव सिर्जना भएको छ ।

आरके शर्मा नेतृत्वको असन्तुष्ट पक्षले आफूहरुलाई दुर्व्यवहार र कुटपिट भएको भन्दै उजुरी दिएपछि  प्रहरीले अनुसन्धान थालेकाे छ ।

प्रहरी वृत्त, दरबारमार्गमा उजुरी परेपछि शर्मा नेतृत्वको टोली मंगलबार एनआरएनएको कार्यालयमा पुग्याे ।

जहाँ एमाले नेता महेश बस्नेत र युवा संघको टोली कार्यालयमा अध्यक्ष बद्री केसीसंग शुभकामनान साटिरहेकाे थियो ।

त्यसक्रममा आरके शर्मासहित पत्रकार ओम शर्मामाथि कुटपिट भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए ।

एनआरएनएको अध्यक्षमा कात्तिक ३ गते बद्री केसी निर्वाचित भएका थिए । साे विद्युतीय मतदानमा धाँधली भएको भन्दै प्रत्यासी आरके शर्मासहितकाे समानान्तर कमिटी गठन गरेकाे थियाे ।

प्रहरीमा उजुरी आएपछि एनआरएनएकाे कार्यालयकाे प्रहरीले सिसी क्यामरा हेर्ने तयारी गरेको छ ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८० कार्तिक १४, २१: २२

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८० कार्तिक १४, २१: २२

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० कार्तिक १४, २१: २२

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...