मट्टितेल र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ घट्योः पेट्रोलको मुल्य यथावत – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

मट्टितेल र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ घट्योः पेट्रोलको मुल्य यथावत

काठमाडौं – नेपाल आयल निगमले मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटाएको छ।

स्वचालित मुल्य अनुसार निगमले आज बुधबारदेखि लागू हुने गरी मट्टितेल र डिजेलमा प्रतिलिटर चार रूपैयाँले घटाएको हो भने पेट्रोलको मुल्य भने यथावत राखेको छ।

अब डिजेल र मट्टीतलको मुल्य काठमाडौं, पोखरा र दिपायलमा १६४ रुपैयाँ प्रतिलिटर पर्ने छ भने सुर्खेत र दाङमा प्रतिलिटर १६३ रुपैयाँ पर्ने छ। चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने १६२ रुपैयाँ पर्ने छ ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर १.५१ रुपैयाँ बढेर तथा डिजेलको मूल्य प्रतिलिटर ३.६३ रुपैयाँले घटेर आएको छ । यस्तै, एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर ९३ रुपैयाँ बढेर आएको छ ।

तर, उपभोक्ताको हितलाई मध्यनजर गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनबमोजिम डिजेल र मट्टीतेलको मूल्य मात्र घटाइएको निगमले जनाएको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० कार्तिक १५, १५: २८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८० कार्तिक १५, १५: २८

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० कार्तिक १५, १५: २८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...