
काठमाडौं। प्रहरीले काठमाडौंको मैतिदेवीस्थित एक डान्स रेष्टुरेन्टबाट कलाकार सुलेमान शंकर (इकु सुलेमान) सहित ९ जना कलाकारलाई पक्राउ गरेको छ। मैतिदेवीस्थित डान्सबारमा संचालित जुवा खालबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गायक चक्र बम, शंकर आचार्य, सुलेमान शंकर र नरेन्द्र विष्टसहित ९ जना छन्। जुवा खालबाट प्रहरीले १ लाख ९० हजार रकम बरामद गरेको छ। अघिल्लो राति पक्राउ गरेर उनीहरुविरुद्ध जुवा ऐन अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको जनाइएको छ।
कलाकारहरुलाई प्रहरी वृत सिंहदरबारको हिरासतमा थुनामा राखिएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...