
काठमाडौं । काठमाडौं महानगरपालिकाले गएको दुई महिनामा एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व संकलन गरेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा महानगरले ९३ करोड ४१ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको थियो।
वडा कार्यालयहरुबाटै राजस्व संकलनको काम हुन थालेपछि महानगरपालिकाको लामो समयदेखिको बक्यौता रकम उठ्न थालेको छ। कामपाले ३२ वटै वडा कार्यलयबाट राजस्व संकलन गर्न थालेसँगै लामो समयदेखि असुलउपर हुन नसकेको बक्यौता रकम उठ्न थालेको र करदाताको सङ्ख्या पनि बढेको बताइएको छ।
उठ्न नसकेको बक्यौता रकम जरिवानाको कारण तिर्न आनाकानी गरिरहेका करदाताहरुको लागि आगामी पुस मसान्तसम्म जरिवाना रकममा छुट दिएकाले राजस्व संकलनमा सहज भएको जनाइएको छ।
यसअघि राजस्व तिर्नका लागि वार्षिक तीन लाखसम्म सम्बन्धित वडा कार्यालय र त्यसभन्दा बढी रकम तिर्न कामपाको केन्द्रमा आउनुपर्ने व्यवस्था रहेको राजस्व विभाग प्रमुख धु्रव काफ्लेले बताए।
हाल कामपामा सम्पत्ति कर र बहाल कर बुझाउने करदाताको सङ्ख्यामा बृद्धि भएको महानगरको भनाइ छ। हाल कामपामन करिब चार लाख करदाता रहेका छन्। हाल कामपाले सम्पत्ति कर, बहाल कर, मनोरञ्जन कर, व्यवसाय, विज्ञापन कर गरी मुख्य नौ शीर्षकमा कर संकलन गर्दै आएको छ।
चालु आर्थिक वर्षका लागि महानगरले १० अर्ब ४१ करोड रुपैयाँ राजस्व असुलको लक्ष्य लिएको राजस्व विभागका प्रमुख काफ्लेले जानकारी दिए। गत आवको सोही अवधिलाई तुलना गर्दा चालु आवको साउन र भदौमा २४ करोड रुपैयाँ बढी राजस्व असुल भएको छ।
चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा सबैभन्दा बढी घरबहाल करबाट ५२ करोड रुपैयाँ राजस्व असुल भएको छ। गत वर्षभन्दा यसवर्ष सम्पत्ति करमा मात्रै छ सय ४८ करदाता बढेका छन्। एक हजार तीन सय करदाता पछिल्लो समयमा थपिएका छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...