माओबादीकी केन्द्रीय सदस्य तथा पूर्वसांसद विश्वकर्मा एमाले प्रवेश – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

माओबादीकी केन्द्रीय सदस्य तथा पूर्वसांसद विश्वकर्मा एमाले प्रवेश

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाकी पूर्वसदस्य उमा विश्वकर्मा एमालेमा प्रवेश गरेसँगै कपिलबस्तु जिल्लामा नेकपा माओबादी केन्द्रको संगठन कमजोर हुने देखिएको छ।

पुर्वसांसद विश्वकर्मा मंगलबार माओवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकी हुन्। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका थिए।

उमा विश्वकर्मा नेकपा माओवादी केन्द्रबाट २०६३ सालमा पुनस्र्थापित प्रतिनिधि सभाकी सदस्य भएकी थिइन्। एमाले प्रवेशसँगै माओवादी कपिलवस्तुलाई धक्का लागेको छ।

उनी सहिद परिवारकी सदस्य पनि हुन्। ओली निवास बालकोटमा भएको पार्टी प्रवेश कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, केन्द्रीय सदस्य गिरधारीलाल न्यौपाने, जिल्ला अध्यक्ष डम्मर शर्मा लगायत सहभागी रहेको नेकपा एमाले प्रचारि विभागले जनाएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० कार्तिक १५, १६: १२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० कार्तिक १५, १६: १२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० कार्तिक १५, १६: १२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...