सत्तारुढ कांग्रेस सांसद गौतमको सरकारप्रति चरम असन्तुष्टिः सदनमा मौनधारण – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सत्तारुढ कांग्रेस सांसद गौतमको सरकारप्रति चरम असन्तुष्टिः सदनमा मौनधारण

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य सञ्जय गौतमले आफ्नै दल नेपाली कांग्रेस संलग्न सरकारप्रति असन्तुष्टि जनाउँदै सदनमा मौनधारण गरेका छन्।

प्रतिनिधि सभाको विहीबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले शुन्य समयमा गौतमलाई बोल्न समय प्रदान गरेका थिए । तर सांसद गौतमले सभामुखले उपलब्ध गराएको एक मिनेट समय अवधिमा एक्लै उभिएर मौनधारण गरेका थिए ।

बर्दिया जिल्लाको क्षेत्र नम्वर १बाट निर्वाचित सांसद गौतम कांग्रेसमा संस्थापनइत्तका नेताको रुपमा चिनिएका छन्। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालिन नेकपा एमाले र नेकपा माओबादीको तर्फबाट प्रत्यासी बनेका पूर्वउपप्रधानमन्त्री बामदेव गौतमलाई पराजित गरी सांसद निर्वाचित भए पछि गौतम चर्चित भएका थिए।

गत वर्षमात्र बर्दियाको एक नदीमाथिको पुल निर्माणमा ढिलाई भएको भन्दै आमरण अनसन बसेका गौतमले माग पुरा गर्ने प्रतिवद्धता व्यक्त भएपछि आमरण अनसन तोडेका थिए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० कार्तिक १६, १६: ४९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० कार्तिक १६, १६: ४९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० कार्तिक १६, १६: ४९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...