विराटनगर । कोशी प्रदेश सरकारमा सहभागि भएको एमालेले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने जनाएको छ ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार गठन सरकारलाई दिएको समर्थन फिर्ता लिन कानुनी जटिलता देखाउँदै तत्काल फिर्ता नलिने जनाएको हो ।
सरकारबाट बाहिरिएपछि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले अब प्रतिपक्षमा बस्ने बताए । उनले भने, ‘हामी प्रतिपक्षमा बस्छौं, सरकारका गतिविधि, काम कारवाहीले समर्थनको विषय निर्धारण गर्छौं।’
केदार कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोग गरेको बताउँदै उनले सत्तारूढ गठबन्धन सहभागी भएपछि सरकारबाट एमाले बाहिरिएको बताए ।
नेकपा एमालेको समर्थनमा २७ असोजमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले २८ असोजमा सपथग्रहण गरेका थिए ।
एमालेबाट राम राना र काङ्ग्रेसबाट समशेर राईलाई विना विभागीय मन्त्री सोही दि नियुक्त गरेका थिए । १ कात्तिकमा उनलाई राप्रपाबाहेक सबै दलले विश्वासको मत दिएका थिए ।
९३ सदस्यीय प्रदेशसभामा उनले ८६ जनाको समर्थन पाएका थिए । उनलाई समर्थन गर्ने सत्तारुढ गठबन्धनमा ४७ जना सांसद छन् ।
एमालेले समर्थन फिर्ता लिए राप्रपालाई सहभागी गराउने मुख्यमन्त्री कार्कीले विकल्प सोचेको बताए । राप्रपा सरकारमा सहभागी भएको अवस्थामा उनको पक्षमा ५३ जना सांसद हुनेछन् ।
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...