माओवादीले मंसिर २२ गतेबाट गर्ने भनिएको सडक संघर्षका कार्यक्रम स्थगित – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

माओवादीले मंसिर २२ गतेबाट गर्ने भनिएको सडक संघर्षका कार्यक्रम स्थगित

काठमाडौं। सत्तारुढ नेकपा माओवादी केन्द्रको आगामी मंसिर २२ गतेदेखि गर्ने भनिएको सडक संघर्षको कार्यक्रमलाई स्थगित गरेको छ।

माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्पका कारण सडक संघर्षको कार्यक्रम स्थगित गरिएको बताए।

सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादीले नै सडक संघर्षको कार्यक्रम घोषणा गरेपछि त्यसको सर्वत्र आलोचना पनि हुँदै आएको थियो।

यस्तै, माओबादी केन्द्रले आगामी तिहारसम्मका लागि सबै प्रकारका चियापान कार्यक्रम स्थगित गरिएको माओबादीले जनाएको छ। माओबादीले पार्टीको रुपान्तरण अभियान भने जारी राखेको जनाएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० कार्तिक २०, १३: ११

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० कार्तिक २०, १३: ११

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० कार्तिक २०, १३: ११

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...