भैरहवाका मेयर खाँले जाजरकोट भुकम्पपीडितलाई ६ महिनाको तलब दिने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

भैरहवाका मेयर खाँले जाजरकोट भुकम्पपीडितलाई ६ महिनाको तलब दिने

काठमाडौं। रुपन्देहीको सिद्धार्थनगर (भैरहवा) नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले आफ्नो ६ महिनाको तलब जाजरकोट भूकम्प पीडित राहत कोषमा दिने घोषणा गरेका छन्।

नगरप्रमुख खाँले ६ महिनाको सुविधा बराबरको २ लाख ३४ हजार रुपैयाँ जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको राहतमा दिएको जानकारी दिएका हुन्।

मेयर खाँले मासिक ३९ हजार रुपैयाँ सुविधा पाउँ छन्। भूकम्पले पु¥याएको क्षतिप्रति दुःख व्यक्त गर्दै मेयर खाँले भूकम्प पीडितहरूको पुनंस्थापना, गाँस लगायतका व्यवस्थापनका लागि सहयोग होस् उक्त सहयोगको घोषणा गरेको जानकारी दिए।

उनले घोषणा गरेको सहयोग रकम दुवै जिल्लाको विपद् व्यवस्थापन कोष वा नेपाल सरकारले तोकेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिने सिद्धार्थनगर नगरपालिकाको कार्यालयले जनाएको छ ।

यस्तै विनासकारी भूकम्पपछि सिद्धार्थनगरपालीकाले विभिन्न संघसस्थाको सहयोगमा भूकम्प प्रभावित क्षेत्रमा एक ट्रक राहत आइतबार राती पठाएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।

नगरपालिकाको साथै नगरको विभिन्न सङ्घसंस्थाको सहयोगमा कम्बल, चामल, चाउचाउ, फुरनदाना, सिरक, लत्ताकपडा लगायतका एक ट्रक राहत सामग्री जाजरकोट जिल्लाका लागि आइतबार राती जिल्ला विपद् व्यवस्थापन समिति रुपन्देहीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई हस्तान्तरण गरेको नगर सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० कार्तिक २०, १३: ३४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० कार्तिक २०, १३: ३४

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० कार्तिक २०, १३: ३४

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...