
विराटनगर। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको नेताबाट राजिनामा दिएका पार्टीको कोशी प्रदेश सभापति समेत रहेका उद्धव थापाको राजीनामा अस्वीकृत भएको छ।
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको सोमबार बसेको बैठकले थापाले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेसँगै उनी दलको नेताको जिम्मेवारीमा फर्किएका छन्।
संसदीय दलको बैठकमा मुख्यमन्त्री केदार कार्कीले थापालाई राजीनामा फिर्ता लिएर जिम्मेवारीमा फर्कन आग्रह गरेका थिए। दलको बैठकपछि थापाले आफू जिम्मेवारीमा फर्किएको बताए। राजनीति ट्याकमा आएका कारण सबै आफ्नो जिम्मेवारीमा फर्कने उनले बताए।
बैठकले यसअघि राजीनामा दिएका उपनेता हिमाल कार्की र प्रमुख सचेतक भूपेन्द्र राईलाई पनि जिम्मेवारीमा फर्कन आग्रह गरेको थियो। उनीहरू पनि जिम्मेवारी फर्कने थापाले बताए।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को ५ अनुसार सरकार गठनको आह्वान गरेपछि सत्तारुढ गठबन्धनले प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई अघि सार्ने निर्णय गरेको थियो। तर कांग्रेसका ८ सांसदसहित विद्रोह गर्दै केदार कार्की एमालेका ३९ प्रदेश सभा सदस्यको समर्थनमा गत असोज २७गते मुख्यमन्त्री बनेका थिए।
पार्टीको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै थापाले नैतिकताका आधारमा २८ असोजमा दलको नेताबाट राजीनामा दिएका थिएका थिए। केन्द्रीय नेतृत्वको आग्रह र दलको बैठकको निर्णयपछि जिम्मेवारीमा फर्किएको उनले बताए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...