भोलीदेखि काठमाडौंको सडकमा गाई बाच्छा भेटिए कोपुगाउँमा राखिने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

भोलीदेखि काठमाडौंको सडकमा गाई बाच्छा भेटिए कोपुगाउँमा राखिने

काठमाडौं। काठमाडौं महानगरपालिका भित्र कसैले आफ्नो स्वामित्वमा रहेका गाई–बाच्छा सार्वजनिक स्थल वा सडकमा बेबारिसे छाडेमा महानगरले काञ्जिहाउसमा राख्ने भएको छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कात्तिक २३ गते अर्थात भोलीदेखि काठमाडौँ महानगरपालिकाको सडकमा भेटिएका गाई बाच्छा नियन्त्रणमा लिएर दक्षिणकाली नगरपालिका वडा नम्वर ७स्थित कोपुगाउँमा खोलिएको काञ्जिहासउमा लगेर राखिने बताएका छन्।

आज सामाजिक सञ्जालमार्फत शाहले बेवारिसे गाई बाच्छा सङ्कलन गरेर दक्षिणकाली नगरपालिका वडा नं ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने तयारी भइरहेको जानकारी दिएका हुन्।

उनले भनेका छन्– ‘सडकमा छाडिएका चौपायाले खान पाएका छैनन्, तिर्खा लागेका बेला पानी पाउँदैनन्, बिरामी पर्दा उपचार पाउँदैनन्। सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ, उनीहरूलाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौँ।’

महानगरका मेयर शाहले काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरिएको पनि जानकारी दिएका छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० कार्तिक २२, १४: ०५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० कार्तिक २२, १४: ०५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० कार्तिक २२, १४: ०५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...