
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाका एक जना नायव सुब्बा (नासु) र खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
घुस लिएर भ्रष्टाचार गरेको आरोपमा जिल्ला भूमिसुधार तथा मालपोत कार्यालय, सुनसरीका नायव सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध मुद्दा दायर गरिएको हो।
आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले नासु कटुवाल र खरिदार अधिकारीले जग्गा नामसारी गरेबापत सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस रकमसहित गत असोज १२ गने पक्राउ गरेको थियो।
उनीहरूको मिलेमतो तथा योजनामा अंशवण्डा नामसारी गरी दिएबापत सेवाग्राहीसँग एक लाख पचास हजार रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ।
कटुवाल र अधिकारीले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो सोही बरावरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) (घ) बमोजिम कैद र बिगो बमोजिम जरिवाना हुनसमेत मागदावी लिएर आज विहीबार विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...