महोत्तरीबाट २९० केजी गाँजासहित चालक र सहचालक पक्राउ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

महोत्तरीबाट २९० केजी गाँजासहित चालक र सहचालक पक्राउ

 

जलेश्वर। महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाबाट दुई सय ९० केजी गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ट्रकका चालक मकवानपुर जिल्ला बकैया गाउँपालिका वडा नम्वर –७ का २५ वर्षीय लिलाबहादुर थिङ र सहचालक हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१३ का राजेश घलान रहेका छन्।

सम्सीबाट जलेश्वरतर्फ आईरहेको ना. ५ ख ९७११ नम्बरको ट्रकलाई प्रहरीले गोप्य सूचनाका आधारमा नियन्त्रणमा लिएर छापामार्दा सो परिमाणको गाँजासहित उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सम्सी गाउँपालिका–५ देवीस्थानमा उनीहरू सवार ट्रकलाई चेकजाँच गर्दा ट्रकको चालक बस्ने सिटको पछाडि रहेको फल्स बटनमा लुकाईछिपाई राखेको गाँजा फेला परेको हो।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जलेश्वर महोत्तरीले जनाएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० कार्तिक २६, १४: ३१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० कार्तिक २६, १४: ३१

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० कार्तिक २६, १४: ३१

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...