
पोखरा। संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यही कात्तिक २९ गते होटल संघ पोखराले यहाँ १६औँ भाइटीका महोत्सव आयोजना गरेको छ।
‘संस्कृति बचाऔँ, पर्यटन प्रवर्द्धन गरौँ’ भन्ने नाराका साथ लेकसाइडस्थित होटल ल्याण्डमार्कमा महोत्सव आयोजना गर्न लागिएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए।
नेपाली संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गरी स्वदेशी तथा विदेशी पर्यटकबीच आपसी भाइचाराको विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली संस्कृतिलाई परिचित गराउने उद्देश्यका साथ निरन्तर महोत्सव गर्दै आइएको अध्यक्ष सुवेदीले बताए।
कोभिड–१९ लगायत विविध कारण मारमा परिरहेको पर्यटन क्षेत्रलाई पुनःरुत्थानमा महोत्सवले सघाउने विश्वास गरिएको छ।
संस्कृतिको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रत्येक वर्ष भाइटीका महोत्सव सञ्चालन भइरहेको महोत्सवका संयोजक एवं संघका सचिव पार्वता पाण्डेले जानकारी दिइन्।
पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र गोर्खा प्रिमियम वियरले महोत्सवलाई सघाउनले भएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...