
काठमाडौं। कार्यकारी अधिकारप्राप्त प्रधानमन्त्री नै संवैधानिक परिषद्मा अल्पमतमा हुँदा संवैधानिक अंङ्गमा नियुक्तिल प्रकृया नै प्रभावित भएको छ।
संवैधानिक आयोगका अध्यक्ष, प्रमुख आयुक्त, आयुक्त र सदस्यहरु, सर्वोच्च अदालतको प्रधानन्यायाधीश, न्यायाधिश, राजदूत र उपकूलपतिको नियुक्ति संवैधानिक परिषद्ले गर्ने गर्दछ।
यस्ता आयोग र अङ्गमा नियुक्तिका लागि राजनीतिक दलहरुको स्वार्थ वाझिने हुँदा संवैधानिक परिषद्बाट सर्वसम्मत नियुक्ति हुने सम्भावना कठिन छ।
परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिषद् बैठक बोलाएर ती अङ्गमा रिक्त रहेका पदहरुमा नियुक्तिको लागि सिफारिसको प्रक्रिया अघि बढाएका छैनन्।
संवैधानिक परिषद्को सदस्य रहेका प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष दुवै जना नेकपा एमाले पृष्ठभूमिका छन् भने प्रमुख प्रतिपक्षी दलमा नेकपा एमाले छ। त्यस्तै, पििरषद् सदस्य हुने प्रतिनिधि सभा उपसभामुखमा पनि विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद हुन्।
त्यसैले प्रधानन्यायाधीशवाहेक परिषद् सदस्य तीन जना एमाले निकटका र एक जना रास्वपा निकटका भएका कारण प्रधानमन्त्री दाहाल अल्पमतमा परेका हुन्।
हाल लेखा परीक्षकको कार्यालय ६ महिनादेखि प्रमुखविहीन छ। संविधानको धारा २८४ (३) मा संवैधानिक निकायका पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअगाडि नै नियुक्तिका लागि सिफारिस हुनुपर्ने व्यवस्था छ।
तर सरकारले सवैधानिक व्यवस्थाअनुसार काम नगर्दा महालेखा परीक्षकलगायत अन्य संवैधानिक पद लामो समयदेखि रिक्त छन्। संवैधानिक परिषद्ले संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने व्यवस्था छ।
संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था छ। तर उनले भनेजस्तो तत्काल नयाँ नियुक्तिको छाँटकाँट छैन। राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा महालेख परीक्षकलगायत संवैधानिक निकायका पदाधिकारी नियुक्त गर्ने व्यवस्था छ।
संवैधाननिक परिषद्ले महालेख परीक्षक नियुक्तिका लागि २०८० भदौ २ गतेसम्म म्याद तोकिएको थियो। १६ जनाले निवेदन परे पनि अहिलेसम्म संवैधानिक परिषद्को बैठक बस्न सकेको छैन।
संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीले बोलाउनुपर्छ। तर संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले बैठक बोलाएका छैनन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...